टेस्ला गाडीमा प्रिन्टेड सोलर प्यानल जडान गर्दै अस्ट्रेलियाका वैज्ञानिक

Technology Khabar १३ बैशाख २०७९, मंगलवार

टेस्ला गाडीमा प्रिन्टेड सोलर प्यानल जडान गर्दै अस्ट्रेलियाका वैज्ञानिक
Global IME Bank

काठमाडौं ।

अस्ट्रेलियाका वैज्ञानिकहरुले १५ हजार १०० किलोमिटर यात्राका लागि टेस्लाको गाडीलाई उर्जा प्रदान गर्न प्रिन्ट गरिएको सोलर प्यानल फिट गर्ने भएका छन्।

जलवायु परिवर्तनविरुद्धको कदमका रुपमा आगामी सेप्टेम्बरमा शुरु हुने उक्त यात्रामा सर्वसाधारणको चासो रहने उनीहरुको अपेक्षा छ।

चार्ज अराउण्ड अस्ट्रेलिया नामक उक्त परियोजनाले टेस्लाका गाडीलाई उक्त टोलीको प्रिन्ट गरिएको १८ ओटा सोलर प्यानल प्रदान गर्नेछ। प्रत्येक सोलर प्यानल १८ मिटर लम्बाइको रहेका र यिनीहरुलाई गाडीको साइडमा फिट गरिने र आवश्यक परेको बेला तिनीहरुले गाडीलाई चार्ज गर्ने सीएनएनले जनाएको छ।

प्रिन्टेड सोलर प्यानलका आविष्कारक पल डास्टूरले यूनिभर्सिटी अफ न्यूकाशनलको टोलीले यो प्यानलको टिक्नसक्ने क्षमताको मात्र नभई अन्य प्रयोजनका निमित्त पनि तिनीहरुको सम्भाव्य प्रदर्शनको पनि परीक्षण गर्ने बताएका छन्।

‘यो वास्तवमा हामीलाई हामी अन्तरिक्ष लगायतका अन्य दुर्गम स्थानमा प्रविधिलाई कसरी उर्जा प्रदान गर्न सक्छौं भन्ने सुनिश्चितताका लागि वास्तविक परीक्षण हो’, सिड्नीको उत्तरमा रहेको शहर गस्फोर्थमा डास्टूरले रोयटर्सलाई भने।

प्रिन्ट गरिएका सोलर प्यानल हलुका ल्यामिनेटेड पीईटी प्लास्टिकले बनेका र यसको मूल्य प्रति वर्गमिटर मात्रै पर्ने पनि समाचारमा उल्लेख छ। यी प्यानलहरु मौलिकरुपमा वाइनको लेबल प्रिन्ट गर्न प्रयोग हुने व्यावसायिक प्रिन्टरमा प्रिन्ट गरिएको बताइएको छ।

Sajilo Visa

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार