आईकू जेड६ प्रो फाइभजी अप्रिल २७ मा सार्वजनिक हुँदै

Technology Khabar १२ बैशाख २०७९, सोमबार

आईकू जेड६ प्रो फाइभजी अप्रिल २७ मा सार्वजनिक हुँदै
Global IME Bank

काठमाडौं ।

भिभोको सहायक ब्राण्ड आईकूले जेड६ प्रो फाइभजी आगामी अप्रिल २७ मा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले भारतमा २५ हजार भारुको सेगमेन्टमा उपलब्ध सबैभन्दा फास्ट स्मार्टफोन भनेको थियो।

यसमा स्न्यापड्रागन ७७८जी चिपसेट तथा ६६ वाट फास्ट चार्जिङ सुविधा उपलब्ध हुने बताइएको छ।

यसबाहेक यो डिभाइसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.४४ इन्चको फुल एचडी+ एमोलेड स्क्रीन दिइएको छ। यसमा भीसी लिक्विड कूलिङ प्रविधि भएकाले स्मार्टफोनको सीपीयूको तापक्रम १२ डिग्री सेल्सियससम्म घटाउने कम्पनीको दावी छ।

जेड६ प्रो फाइभजीमा ६, ८ तथा १२ जीबी र्यामको विकल्प उपलब्ध हुने बुझिएको छ। यसको आन्तरिक स्टोरेजलाई आवश्यक पर्दा २ जीबीसम्म र्यामका रुपमा प्रयोग गर्न मिल्ने बताइएको छ।

यो डिभाइसमा पछाडि ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप दिइएको छ। साथमा ६६ वाट फास्ट चार्जिङसहितको ४७०० एमएएच ब्याट्री रहने जीएसएमएरिनाले जनाएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १२ बैशाख २०७९, सोमबार