अब नोकिया बार फोनहरुमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

Technology Khabar ८ बैशाख २०७९, बिहीबार

अब नोकिया बार फोनहरुमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

काठमाडौं ।

अब नेपाली उपभोक्ताहरुले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन्। नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो।

टिकाउपन र भरपर्दो ब्याट्रि लाइफले गर्दा सबैजना नोकिया फोनलाई माया र विश्वास गर्छन् र एउटा सेट आफुसँग राख्न चाहन्छन्। उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो।

यो क्याम्पेन अन्तर्गत उपभोक्ताहरुले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँँ फोनसँग साट्न सक्नेछन्। यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागु हुने कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार