Technology Khabar ८ बैशाख २०७९, बिहीबार
काठमाडौं ।
यूरोपको भौतिक अनुसन्धान केन्द्रका वैज्ञानिकहरुले सर्न कोलाइडर रिस्टार्ट गर्ने योजना बनाएका छन्।
यसअघि हिग्स बोसोन पार्टिकल पत्ता लगाएको २७ किलोमिटर लम्बाई भएको लार्ज ह्याड्रोन कोलाइडर अर्थात् एलएचसी नाम गरेको उक्त मेशिन मर्मतका लागि बन्द गरिएकोमा कोरोनाका कारण अपग्रेडमा ढिलाई भइरहेको थियो।
‘यो एउटा बटन थिच्दैमा सम्पन्न हुने कुरा होइन,’ कन्ट्रोल रुम अपरेशन्स इन्चार्ज रेन्डे स्टीरेन्बर्गले रोयटर्सलाई बताए, ‘यो प्रक्रियामा विशेष खालको तनाव तथा हडबडाहटको उपस्थिति हुन्छ।’
यो प्रक्रियाको सम्भाव्य समस्या भनेको कुनै अवरोध सिर्जना हुनु, ३०० डिग्री तापक्रमका कारण प्रयोग भएका पदार्थहरु संकुचन हुनु तथा अर्बौं कणहरुलाई एकै ठाउँमा बाँधेर राख्न प्रयोग भएका हजारौं चुम्बकहरुको तालमेल कसरी मिलाउने भन्ने रहने रोयटर्सले उल्लेख गरेको छ।
उक्त सर्न प्रयोगशाला स्विजरल्याण्ड र फ्रान्सको सीमामा बनाइएको छ।
‘यो उपकरणले राम्ररी काम गर्नका लागि यी सबै चुम्बकहरुले सही काम गर्नु पर्छ भने सबै सही काम सही समयमा हुनुपर्छ’, उनले थपे।
एलएचसीको कोलाइजन अर्थात पदार्थहरुबिचको ठक्कर यसअघि सन् २०१०-२०१३ मा गराइएको थियो जसबाट चिर प्रतीक्षित हिग्स बोसोन पार्टिकलको अस्तित्व पुष्टि भएको थियो।
उक्त पार्टिकल १३.७ अर्ब वर्षअघि बिग ब्याङ भएर ब्रह्माण्ड जन्मिने प्रक्रियामा उपलब्ध रहेको विश्वास गरिन्छ।
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार