एएमडीद्वारा बिजनेस ल्यापटपका लागि ६ एनएम रेजेन प्रो ६००० सार्वजनिक

Technology Khabar ७ बैशाख २०७९, बुधबार

एएमडीद्वारा बिजनेस ल्यापटपका लागि ६ एनएम रेजेन प्रो ६००० सार्वजनिक

काठमाडौं ।

एएमडीले बिजनेस ल्यापटपका लागि ६ एनएम रेजेन प्रो ६००० सार्वजनिक गरेको छ। कम्पनीले दोस्रो त्रैमासमा ल्याउने तयारी गरेका बिजनेस ल्यापटपमा यो चिपसेट समावेश गर्ने बुझिएको छ।

यीमध्ये केही चिप एचपीको एलिटबुक ८०० ९ सिरिज तथा लेनोभोको थिंकप्याड जेड र टी सिरिजमा आउने घोषणा गरिसकिएको छ।

समग्रमा एच सिरिजमा ६ ओटा र यू सिरिजका दुई ओटा चिप रहेकामा एएमडीका रेजेन प्रो ५००० सिरिजका तीन ओटा प्रोसेसर उपलब्ध रहेका छन्।

सबै रेजेन प्रो ६००० प्रोसेसरहरु एएमडीको पछिल्लो जेन ३+ आर्किटेक्चरमा आधारित छन् जुन ६ एनएम नोडमा बनेकाले ३० प्रतिशत उच्च पर्फर्मेन्स गर्नसक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

एएमडीकै आरडीएनए २ बिल्ट-इन ग्राफिक्ससँग संयोजन गरिएकोले रेजेन प्रो ६००० मा यसअघिको रेजेन प्रो ५००० भन्दा निकै सुधार आएको कम्पनीले दावी गरेको छ।

जम्मा ८ ओटा नयाँ प्रोसेसरमध्ये तीन औटामा ६ कोर र १२ थ्रेड तथा अन्या पाँच ओटामा ८ कोर र १६ थ्रेड रहेका छन्।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार