एचपीले पनि १७ इन्च फोल्डेबल ल्यापटपमा काम गर्दै

Technology Khabar ७ बैशाख २०७९, बुधबार

एचपीले पनि १७ इन्च फोल्डेबल ल्यापटपमा काम गर्दै

काठमाडौं ।

इलेक्ट्रोनिक्स निर्माता एचपीले पनि फोल्डेबल ल्यापटप ल्याउने तयारी गरेको छ।

फोल्डेबल डिभाइसहरुको लोकप्रियता विश्वभरी नै बढ्दै गइरहेको बेला एचपीले पनि सुटुक्क यो क्षेत्रमा हात हाल्ने योजना बनाएको डिजिटलट्रेन्ड्सले जनाएको छ।

डिजिटलट्रेन्ड्सका अनुसार हालै कोरियाली सञ्चारमाध्यम द इलेकमा एचपीले १७ इन्चको ओएलईडी डिस्प्लेयुक्त ल्यापटपमा काम गरिरहेको समाचार छापिएको थियो।

ल्यापटप आफैं क्ल्यामशेल फोल्ड अनुसारको हुने भए पनि हालको फोल्डेबल ल्यापटपले भने डिस्प्ले नै फोल्ड हुने भन्ने जनाउँछ।

यसरी यो ल्यापटपको डिस्प्ले नै आधा आधा फोल्ड हुनसक्छ जसमा तलपट्टिको भागलाई सफ्टवेयर वा फिजिकल किबोर्डका रुपमा प्रयोग गरिनेछ।

तर फोल्डेबल ल्यापटपको सबैभन्दा ठूलो चुनौती भनेको यसको डिस्प्ले कुन पदार्थले बनाउने भन्ने हो।

स्मार्टफोनहरुले फोल्डेबल डिस्प्लेका लागि सामसङ ग्यालेक्सी जेड फोल्ड र जेड फ्लिपमा झैं अल्ट्राथिन ग्लास प्रयोग गर्ने गरेका छन्।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार