क्यानडाका ग्यालेक्सी वाच ४ प्रयोगकर्ताका लागि ईसीजी र बीपी फिचर उपलब्ध हुने

Technology Khabar ६ बैशाख २०७९, मंगलवार

क्यानडाका ग्यालेक्सी वाच ४ प्रयोगकर्ताका लागि ईसीजी र बीपी फिचर उपलब्ध हुने
Global IME Bank

काठमाडौं ।

क्यानडाका ग्यालेक्सी वाच ४ प्रयोगकर्ताले ब्लड प्रेसर तथा ईसीजी फिचर प्राप्त गर्ने भएका छन्।

अन्य आधुनिक स्मार्टवाचहरु झैं ग्यालेक्सी वाच ४ पनि स्वास्थ्य र समृद्धिलक्षित थुप्रै आत्यावश्यक फिचरहरुले भरिपूर्ण रहेको ९टू५गुगलले उल्लेख गरेको छ।

यीमध्ये एउटा फिचरले स्वास्थ्य सही अवस्थामा राख्नका लागि इलेक्ट्रोकार्डियोग्राम संकेत तथा रक्तचापलाई ट्र्याक गर्न सहयोग गर्छ।

यी फिचरहरु यूजरको समग्र हृदय स्वास्थ्यलाई ट्र्याक गर्नका लागि रोकथाम उपकरण वा साधनका रुपमा प्रयोग गर्न सकिन्छ। सामसङ हेल्थ मनिटर एपमा रहेका यी फिचरहरुकेही क्षेत्रका सामसङ ग्यालेक्सी प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइन्छ।

अन्य केही क्षेत्रमा झैं केही फिचरहरुका लागि सरकारसँग अनुमति लिनुपर्ने भएकाले हालसम्म उपलब्ध हुन नसकेको बुझिएको छ।

ग्यालेक्सी वाच ४ मा यी दुई फिचर समावेश भएर आएपछि ईसीजी गराउने र ब्लड प्रेसर नाप्ने सेवा प्रदान गर्नेहरुकोमा मानिसहरु जान निकै कम गरेको ९टू५ गुगलले समाचारमा उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ बैशाख २०७९, मंगलवार