नेपाल टेलिकममा नियुक्ति पाएका सुनिल पौडेल उपयुक्त व्यक्ति भएको सञ्चारमन्त्रीको दाबी

Technology Khabar २५ चैत्र २०७८, शुक्रबार

नेपाल टेलिकममा नियुक्ति पाएका सुनिल पौडेल उपयुक्त व्यक्ति भएको सञ्चारमन्त्रीको दाबी

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमका प्रबन्ध निर्देशकको पदमा नियुक्त भएका सुनिल पौडेललाई उपयुक्त भएर नै मनोनयन र नियुक्त गरेको दाबी गरेका छन्।

मन्त्री कार्कीले आज शुक्रबार आयोजित मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा नेपाल टेलिकमका प्रबन्ध निर्देशकको पदमा नियुक्त भएका व्यक्ति उपयुक्त भएर नै नियुक्त भएको जिकिर गरेका हुन्।

“हामीले प्रतिस्पर्धाद्धारा जो व्यक्तिलाई मनोनयन गरेका छौं उपयुक्त भएर नै मनोनयन गरेको जानकारी गराउन चाहन्छौं,” मन्त्री कार्कीले भने।

मन्त्रिपरिषदले बिहिबार मात्रै नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदमा विवादित सुनिल पौडेललाई नियुक्त गरेको छ। उनीसहित संगीता पहाडी र बुद्धिप्रसाद आचार्यलाई नियुक्तिको लागि सिफारिस गरिएको थियो।

पौडेल हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत छन्। उनको कार्यकालमा चरम बेथिती रहेको महालेखा परीक्षकको प्रतिवेदनहरुले नै देखाएका छन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

ताजा समाचार