सामसङले बन्द गर्यो ग्यालेक्सी एस९ सिरिजमा सफ्टवेयर सपोर्ट

Technology Khabar २३ चैत्र २०७८, बुधबार

सामसङले बन्द गर्यो ग्यालेक्सी एस९ सिरिजमा सफ्टवेयर सपोर्ट

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी एस९ सिरिजका स्मार्टफोनमा अबदेखि सफ्टवेयर अपडेट उपलब्ध नगराउने भएको छ।

सन् २०१८ को शुरुवातभन्दा अगाडिका फ्ल्यागशिप फोनहरु अब सामसङको सेक्युरिटी अपडेटमा नपर्ने भएको जीएसएमएरिनाले जनाएको छ।

यसै क्रममा कम्पनीले ग्यालेक्सी एस१० सिरिजलाई भने मासिकबाट त्रैमासिक अपडेटको प्लानमा लगेको छ। उक्त सिरिज सार्वजनिक भएको तीन वर्षभन्दा बढी भइसकेको छ।

ग्यालेक्सी एस९ सिरिजका लागि हाल ल्याइएको नियम यसअघि यसभन्दा अगाडि आएका सेटहरुमा पनि लागू गरिएको थियो।

२०२१ को शुरुवातमा सामसङले एस९ लाई मासिकबाट त्रैमासिक सेक्युरिटी अपडेट योजनामा सारेको थियो भने एस८ लाई सूचीबाट पूर्णरुपमा निकालेको थियो। यही हालत त्यसको अघिल्लो वर्ष एस७ सिरिजको पनि भएको थियो।

ग्यालेक्सी एस९ सिरिजले पछिल्लोपटक पाएको मुख्य अपडेट सन् २०२० मा वनयूआई २.५ प्याकेज थियो।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार