टेस्लाले पहिलो त्रैमासमा बेच्यो कीर्तिमानी सङ्ख्यामा गाडी

Technology Khabar २० चैत्र २०७८, आईतवार

टेस्लाले पहिलो त्रैमासमा बेच्यो कीर्तिमानी सङ्ख्यामा गाडी

काठमाडौं ।

टेस्ला इंकले यो वर्षको पहिलो त्रैमासमा कीर्तिमानी संख्यामा विद्युतीय गाडी बिक्री गरेको छ।

विश्लेषकहरुको आकलनलाई गलत सावित गर्दै कीर्तिमानी सङ्ख्यामा गाडी बिक्री गरेको कम्पनीले शनिबार जनाएको हो।

तर अघिल्लो त्रैमासदेखि नै आपूर्ति श्रृङ्खलामा आएको गडबडीका तथा चीनका  प्लान्टबाट क्षमता अनुरुप काम हुन नसकेपछि उत्पादन घटेको थियो।

‘आपूर्ति श्रृङ्खलामा आएको गडबडी तथा चीनको जिरो कोभिड नीतिका कारण यो विशुद्ध रुपमा असहज त्रैमासका रुपमा रह्यो’,  कम्पनीका सीईओ इलन मस्कले ट्वीटमा उल्लेख गरेका छन्।

उनले टेस्ला टिम तथा मुख्य आपूर्तिकर्ताले सराहनीय काम गर्दै कम्पनीलाई यो स्थानमा पुर्याएका पनि बताए।

टेस्लाले यो अवधिमा ३ लाख १० हजार ४८ सवारी बिक्री गरेको र यो आँकडा अघिल्लो त्रैमासका तुलनामा केही माथि तथा अघिल्लो वर्षको तुलनामा भने ६८ प्रतिशतले बढी रहेको रोयटर्सले उल्लेख गरेको छ।

रिफिनिटिभको तथ्याङ्कअनुसार वालस्ट्रीटले उक्त अवधिमा कम्पनीले ३ लाख ८ हजार ८३६ ओटा गाडी बिक्री गर्ने आकलन गरेको थियो।

टेस्लाले गत जनवरीदेखि मार्चसम्म ३ लाख ५ हजार ४०७ ओटा गाडी उत्पादन गरेको थियो जुन अघिल्लो त्रैमासमा भएको ३ लाख ५ हजार ८४० को तुलनामा केही कम हो।

easy care

प्रकाशित: २० चैत्र २०७८, आईतवार