Technology Khabar १९ चैत्र २०७८, शनिबार
काठमाडौं ।
भारतको ‘रुपे’ कार्ड नेपालमा प्रयोगमा आउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतीय कार्ड ‘रुपे'(RuPay) नेपालमा प्रयोगमा आउने घोषणा गरिएको हो।
प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा सो कार्ड सेवाको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरे। भारतीय प्रधानमन्त्री मोदीले संयुक्त सम्मेलनमा सो कार्ड प्रयोगले सहजता ल्याउने बताए।
यसका साथमा भारत सरकारले प्रयोगमा ल्याएको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोग हुने भएको हो।
भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’ मा आबद्ध भएको ‘रुपे’ भारत आफैंले विकास गरेको हो ।
भारतमा यो कार्डको उद्देश्य देशमा भुक्तानी प्रणालीलाई एकीकृत गर्नु हो।एसबीआई जस्ता ठूला बैंकहरू देखि देशका सबै प्रमुख बैंकहरूमा रुपे डेबिट कार्डहरू जारी गरिएको छ। विशेष गरी, भारतको प्रधानमंत्री जन-धन योजना अन्तर्गत खोलिएका सबै खाताहरूको लागि रुपे कार्डहरू जारी गरिएको छ।
‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा पाइनेछ। त्यस कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने भएको छ।
हाल यो कार्ड एसबीआई बैंकमार्फत प्रयोगमा ल्याईएको बताईएको छ।
प्रकाशित: १९ चैत्र २०७८, शनिबार