फिक्स्ड ब्रोडब्यान्ड: एक महिनामा ४ लाख २० हजारभन्दा धेरै प्रयोगकर्ता थपिए

  • Technology Khabar | १८ चैत्र २०७८, शुक्रबार
फिक्स्ड ब्रोडब्यान्ड: एक महिनामा ४ लाख २० हजारभन्दा धेरै प्रयोगकर्ता थपिए

काठमाडौं ।

नेपालमा पुष मसान्तसम्म फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या ९५ लाख ५७ हजार २५७ पुगेको छ।

यो सङ्ख्या एक महिना अघि अर्थात् मंसिर मसान्तसम्म ९१ लाख ३७ हजार १२७ रहेको थियो।

यो सङ्ख्या वायर्ड र वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको समग्र आँकडा हो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पुष महिनासम्मको तथ्यांक यो आँकडा उल्लेख गरिएको छ।

वार्यडतर्फ ९३, ४७, ०११

यो समग्र संख्यामा फिक्स्ड ब्रोडब्यान्डको वायर्डतर्फका  एडीएसएल सेवा प्रयोगकर्ताहरुको संख्या ६ लाख १२ हजार ७९७, केबल/एफटीटीएचका ८७ लाख ३३ हजार ०३३ तथा इन्टरनेट लिज लाइनका १ हजार १८१  रहेका छन्।

वायरलेसतर्फ २, १०, २४६

यस्तै वायरलेसतर्फ रेडियो वाइफाइका १ लाख १९ हजार ६४३ तथा वाइम्याक्सका ९० हजार ६०३ पनि समावेश छन्।

सार्वजनिक भएको तथ्याङ्क अनुसार एडीएसएल तथा वाइम्याक्स दुवैका समग्र प्रयोगकर्ता नेपाल टेलिकमका रहेका छन्।

यस्तै केबल/एफटीटीएचतर्फको ८७ लाख ३३ हजार ०३३ मा भने नेपाल टेलिकमका ८ लाख ७ हजार २२५ तथा इन्टरनेट सेवा प्रदायक आईएसपीहरुका ७९ लाख २५ हजार ८०८ रहेका छन्।

फिक्स्ड ब्रोडब्यान्डको समग्र वायरलेसतर्फ रेडियो वाइफाइको १ लाख १९ हजार ६४३ सबै आईएसपीहरुका तथा नेपाल टेलिकमको वाईम्याक्सका प्रयोगकर्ता ९० हजार ६०३ रहेका तथ्याङ्कमा उल्लेख छ।

एफटीटीएचतर्फ एक महिनामै बढे साढे ४ लाखभन्दा धेरै

तथ्याङ्क अनुसार फिक्स्ड वायर्डतर्फ केबल/एफटीटीएचका ग्राहक मंसिर महिनामा ४ लाख ५१ हजार २०९ थपिएका छन्।

केबल/एफटीटीएचका ग्राहक मंसिर मसान्तसम्म ८२ लाख ८१ हजार ८२४ रहेकामा पुष मसान्तसम्म आइपुग्दा ८७ लाख ३३ हजार ३३ पुगेका छन्।

एडीएसएलका ग्राहक घटे

मंसिर महिनामा एडीएसएलका समग्र ग्राहक ६ लाख ४२ हजार ८६७ रहेकामा पुस मसान्तसम्म आइपुग्दा घटेर ६ लाख १२ हजार ७९७मा झरेका छन्।

वाईम्याक्सका यथावत्

मंसिर मसान्तसम्म ९० हजार ६०३ ग्राहक सङ्ख्या रहेका नेपाल टेलिकमको वाईम्याक्स सेवा प्रयोगकर्ताको सङ्ख्या पुस मसान्तसम्म आइपुग्दा कुनै घटबढ भएको छैन।

रेडियो वाइफाइका पनि घटे 

फिक्स्ड ब्रोडब्याण्ड अन्तर्गत इन्टरनेट सेवा प्रदायकहरुले दिँदै आएका रेडियो वाइफाइ सेवाका ग्राहक अघिल्लो महिनाको उल्लेख्य घटेका छन्।

यो सेवा लिनेको सङ्ख्या मंसिर मसान्तसम्म १ लाख २० हजार ६४३ रहेकामा पुष मसान्तसम्म आइपुग्दा ३० हजार ४० ले बढेर ९० हजार ६०३ मा आइपुगेका छन्।

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...