Technology Khabar १५ चैत्र २०७८, मंगलवार
काठमाडौं ।
-साजन सुवेदी
नेपालमा यो आर्थिक वर्षको शुरुवाती ८ महिनामा १४ करोड ९० लाख ९७ हजार रुपैयाँ बराबरको प्रोजेक्टर आयात गरिएका छन्।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्मको आँकडा अनुसार नेपालमा उक्त रकम बराबरको ६ हजार ४३६ ओटा प्रोजेक्टर भित्रिएका हुन्।
सबैभन्दा बढी चीनबाट
यीमध्ये सबैभन्दा बढी चीनबाट १२ करोड ५७ लाख २० हजार रुपैयाँ बराबरको ५ हजार ५८७ ओटा प्रोजेक्टर आयात पाइएको छ।
यसपछि फिलिपिन्सबाट १ करोड ९८ लाख ९९ हजार रुपैयाँ बराबरको ६३४ थान, भारतबाट ७ लाख ११ हजार बराबरको १११ थान, मलेसियाबाट १५ लाख ६५ हजार बराबरको ७३ थान, कोरियाबाट ३, लाख १ हजार बराबरको १५ थान प्रोजेक्टर आयात भएको तथ्याङ्क छ।
यसैगरी अमेरिकाबाट ३८ हजार बरबारको ६ थान, कतारबाट २२ हजार बराबरको ३ थान, तथा जापानबाट २२ हजार बराबरको २ थान प्रोजेक्टर भित्रिएका छन्।
यसबाहेका बेलायत, यूएई ताइवान साउदी अरेबिया तथा हङकङबाट क्रमश: ११ हजार, ३ हजार ७ लाख ६७ हजार, २ हजार र ४८ हजार रुपैयाँ बराबरका प्रोजेक्टर आयात भएको तथ्याङ्क प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: १५ चैत्र २०७८, मंगलवार