इलेक्ट्रिक बाइकमा आगलागी हुँदा भारतमा बाबुछोरीको ज्यान गयो

Technology Khabar १३ चैत्र २०७८, आईतवार

इलेक्ट्रिक बाइकमा आगलागी हुँदा भारतमा बाबुछोरीको ज्यान गयो

काठमाडौं ।

भारतमा ओलाको एउटा इलेक्ट्रिक बाइकमा आगलागी हुँदा १३ वर्षीया छोरीसहित एक व्यक्तिको मृत्यु भएको छ।

इलेक्ट्रिक बाइक चार्ज गर्ने क्रममा आगलागी भएर घरमा धुवाँ फैलिएपछि त्यसैमा निसासिएर स्थानीय दुराइ बर्मा तथा उनकी १३ वर्षीया छोरी मोहना प्रीतिको ज्यान गएको हो बीजीआर डट आईएनले उल्लेख गरेको छ।

विश्वभरी नै पछिल्लो समय अटो निर्माता तथा उपभोक्ताको ध्यान विद्युतीय सवारी साधनतर्फ गइरहँदा यस्ता समस्याले भने सबैलाई झस्काउने गर्छन्।

आथर ४५०एक्स जस्ता विद्युतीय सवारीलाई निकै परीक्षणपछि मात्र बजारमा पठाइने गरेकोमा केही नयाँ विद्युतीय स्कूटर तथा मोटरसाइकल निर्माता कम्पनीहरु भने अझै सुरक्षको पूर्ण ग्यारेन्टी नगरी आफ्ना उत्पादन बिक्री गर्ने गरेकाले यस्तो घटना निम्तिएको हुन सक्ने आकनल गरिएको छ।

भारतको तामिलनाडू, भेलोरमा भएको उक्त दुर्घटनामा परेर दुराइबर्मा र उनकी १३ वर्षीया छोरीको गत शनिबार आफ्नै घरमा मृत्यु भएको हो।

यस्तो थियो घटना

स्थानीय प्रहरीको रिपोर्ट अनुसार फोटो स्टुडियो चलाउँदै आएका एम. दुराइबर्माले शुक्रबार विद्युतीय कार किनेको र आफ्नो घरमा रहेको पुरानो सकेटमा जोडेर चार्ज गर्दा उक्त घटना भएको बीजीआरले जनाएको छ।

चार्जमा राखिरहँदा बिजुली शर्ट भएर उक्त इलेक्ट्रिक बाइकमा आगलागी भएको र घरैभरी बाक्लो धुवाँ फैलिएको प्रहरीको भनाइ छ। त्यही धुवाँमा निसास्सिएर दुवै बाबुछोरीको मृत्यु भएको समाचारमा उल्लेख छ।

यो घटना रातको १ बजे तिर भएको । स्थानीयहरुले थाहा पाएर तुरुन्तै प्रहरी तथा दुराइबर्माकी बहिनीलाई खबर गरेका थिए। उनीहरुले आगो निभाउन खोजे पनि नजिकै रहेको पेट्रोलले चल्ने मोटरसाइकल सम्म पुगिसकेकोले सक्षम नभएको बताइएको छ।

उक्त बाइक कुन कम्पनीको थियो भन्ने नखुलेको र अनुसन्धान भइरहेको स्थानीय प्रहरीको भनाइ छ।

*हेडलाइन सम्पादित

easy care

प्रकाशित: १३ चैत्र २०७८, आईतवार