वनप्लस प्याड फाइभजीको स्पेसिफिकेशन लीक, १० हजार एमएएचभन्दा बढीको ब्याट्री रहने

Technology Khabar १२ चैत्र २०७८, शनिबार

वनप्लस प्याड फाइभजीको स्पेसिफिकेशन लीक, १० हजार एमएएचभन्दा बढीको ब्याट्री रहने

काठमाडौं ।

चिनियाँ ब्रान्ड वनप्लसको आउँदै गरेको ट्याब वनप्लस प्याड फाइभजीको विवरण लीक भएको छ।

हालै बाहिर आएका जानकारी अनुसार कम्पनीले छिट्टै सार्वजनिक गर्न सक्ने उक्त ट्याब्लेटको बृहत् उत्पादन शुरु भएको छ र अप्रिलभित्र बजारमा आउनेछ।

हालै साम नामका एक टिप्सटरले आफ्नो ट्विटर ह्याण्डलमार्फत् बाहिर ल्याएको जानकारी अनुसार उक्त प्याड फाइभजीमा एन्ड्रोइड १२ अपरेटिङ सिस्टम रहनेछ। यस्तै १२.४ इन्चको फुल एचडी+ ओएलईडी डिस्प्ले दिइनेछ।

यसका साथै यो ट्याब्लेटमा स्न्यापड्रागन ८६५ चिपसेट तथा ६ जीबी र्याम र १२८ जीबीसम्मको आन्तरिक स्टोरेज रहन सक्ने बीजीआर डट आईएनले उल्लेख गरेको छ।

easy care

प्रकाशित: १२ चैत्र २०७८, शनिबार

ताजा समाचार