क्यान कि पूर्व सीईओ भावना घिमिरेको ट्विटर एकाउन्ट ह्याक

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
क्यान कि पूर्व सीईओ भावना घिमिरेको ट्विटर एकाउन्ट ह्याक
तस्बिरः घिमिरेको फेसबुक एकाउन्टबाट ।

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) कि पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको ट्विटर एकाउन्ट ह्याक गरिएको छ।

उनले आज बिहानै आफ्नो ट्विटर एकाउन्ट ह्याक भएको र सो बारेमा उजुरी गरेको जानकारी दिएकी छिन् ।

उनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरेको र आफ्नो टिमले समेत त्यसमा काम गरिरहेको जानकारी दिएकी छिन्।

उनले के कसरी ट्विटर ह्याक भएको भन्ने बारेमा नखुलाए पनि आफ्नो फेसबुक पेजमार्फत ट्विटर एकाउन्ट ह्याक भएको जानकारी दिएकी हुन् ।


उनको ट्विटर एकाउन्टमा ७४ हजार भन्दा धेरै फलोअर रहेका छन् ।

ह्याकरले सो एकाउन्टलाई अधिनमा लिएर बिहानैदेखि नन फन्जिबल टोकन(एनएफटी)को प्रचार गरिरहेको छ। सो ह्याक गरिएको एकाउन्टलाई चर्चित एनएफटी बोर्ड एप याच क्लब र युगाल्याबको आर्ट इन्भेस्टर तथा को-फाउण्डरको रुपमा उल्लेख गरिएको छ।

भेरिफाईड रहेको सो एकाउन्टलाई अहिले पनि भावना डट इटीएचको नाममा राखिएको छ।

सो एकाउन्ट अहिलेसम्म ह्याकरकै अधिनमा रहेको देखिन्छ।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...