Technology Khabar १० चैत्र २०७८, बिहीबार
काठमाडौं ।
नेपाल प्रहरीले अनलाइन मार्फत् पुलिस क्लियरेन्स रजिस्ट्रेशन सिस्टममा आवेदन दिँदा डिस्पोजेबल वा अस्थायी ई-मेल ठेगाना नराख्न आग्रह गरेको छ।
यस्ता ई-मेलहरु राख्दा प्रयोगकर्ताको सम्वेदनशील र गोप्य कागजातहरुमा अन्य व्यक्तिले अनधिकृत पहुँच राख्न सक्ने प्रहरीको भनाई छ।
यस्तै गोपनीयतालाई ध्यानमा राख्दै प्रहरीले ओपीसीआर अर्थात् अनलाइन पुलिस क्लियरेन् रजिस्ट्रेशन सिस्टममा यस्ता डिस्पोजेबल वा अस्थायी ई-मेल ठेगाना प्रयोग नगर्न, सधैं व्यक्तिगत ई-मेलको प्रयोग गर्न साथै बेलाबेलामा ओपीसीआर सिस्टमको पासवर्ड परिवर्तन गरी आफ्नो अनलाइन रेकर्ड सुरक्षित राख्न सूचनामार्फत् सबैलाई आग्रह गरेको हो।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार