बिङले चीनमा आफ्नो अटो-सजेस्ट फङ्शन एक हप्ताका लागि स्थगित गर्नुपर्ने

Technology Khabar ७ चैत्र २०७८, सोमबार

बिङले चीनमा आफ्नो अटो-सजेस्ट फङ्शन एक हप्ताका लागि स्थगित गर्नुपर्ने

काठमाडौं ।

माइक्रोसफ्ट कर्पको बिङले चीनमा आफ्नो अटो-सजेस्ट फङ्शन एक हप्ताका लागि स्थगित गर्नुपर्ने भएको छ।

माइक्रोसफ्टले चीनको एउटा सम्बन्धित सरकारी संस्थाले एक हप्ताका लागि उक्त फिचर बन्द गर्न भनेकाले यस्तो निर्णय गरिएको बताएको छ।

बिङमाथि यस्तो निर्णय गरिएको यो गत डिसेम्बर यता दोस्रो पटक भएको र हाल बेइजिङले प्रविधि प्लेटफर्म तथा अल्गोरिदममाथि कडाई गर्ने क्रममा आएको बताइएको छ।

चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुले यसको पहिलो कार्यान्वयन गत शनिबार भोगेको रोयटर्सले जनाएको छ।

‘बिङ एउटा ग्लोबल सर्च प्लेटफर्म हो र यो विधिको शासन तथा प्रयोगकर्ताको जानकारी हासिल गर्ने अधिकारको पक्षमा प्रतिबद् रहनेछ’, बिङले आफ्नो चिनियाँ सर्च साइटमा उल्लेख गरेको छ।

बिङले उक्त फङ्शन स्थगित गर्नुपरेको कारण भने खुलाएको छैन भने माइक्रोसफ्टले यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ७ चैत्र २०७८, सोमबार

ताजा समाचार