ब्राजिलको सर्वोच्च अदालतद्वारा मेसेजिङ प्लेटफर्म टेलिग्राम बन्द

Technology Khabar ७ चैत्र २०७८, सोमबार

ब्राजिलको सर्वोच्च अदालतद्वारा मेसेजिङ प्लेटफर्म टेलिग्राम बन्द

काठमाडौं ।

ब्राजिलको सर्वोच्च अदालतले मेसेजिङ प्लेटफर्म टेलिग्राम बन्द गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डी मोराएसले गत शुक्रबार उक्त एप बन्द गर्न आदेश दिएका हुन्।

यो आदेश आउनुमा न्यायालयले भ्रामक समाचार फैलाउने एकाउन्ट हटाउन दिएको निर्देशन पालना नगरेको र देशको कानूनको पनि उल्लङ्घन गरेको उल्लेख भएको रोयटर्सले जनाएको छ।

यसको जवाफमा टेलिग्रामका संस्थापक तथा सीईओ पाभेल डुरोभले कम्पनीको लापरवाहीका लागि माफी माग्दै नियमअनुसार काम गर्नेमा सुधार ल्याउनका लागि केही दिन उक्त फैसला कार्यान्वयन नगर्न अदालतसँग आग्रह पनि गरेका छन्।

चरम दक्षिणपन्थी अध्यक्ष जैर बोल्सोनारो तथा उनका समर्थकहरु सञ्चारको प्रमुख माध्यमका रुपमा टेलिग्राममै भर परिरहेका छन्।

फेसबुक, ह्वाट्सएप, गुगल तथा ट्विटरमाथि सर्वोच्च अदालतले भ्रामक समाचार फैलाएकोमा एकाउन्ट नै बन्द गर्न आदेश दिएकाले उनीहरु विशेषगरी टेलिग्राममै आश्रित रहेकोमा अब यसको प्रभाव बोल्सोनारोको समूहलाई बढी पर्ने देखिएको रोयटर्सले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ७ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया