एप्पल आईफोन एसईको बिक्री केही देशमा शुरु

Technology Khabar ४ चैत्र २०७८, शुक्रबार

एप्पल आईफोन एसईको बिक्री केही देशमा शुरु

काठमाडौं ।

एप्पलले केही देशमा आईफोन एसई २०२२ को बिक्री शुरु गरेको छ।

कम्पनीले ‘फर्स्ट वेभ मार्केट’ अर्थात् योजनाअनुरुप पहिलो लहरमा डिभाइस उपलब्ध गराउने देशहरुमा योजना मुताबिक नै उक्त डिभाइसको बिक्री शुरु गरेको जीएसएमएरिनाले जनाएको छ।

कम्पनीले शुरुवाती सूचीमा राखेका देशहरुमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत तथा जापान लगायतका रहेका छन्।

यी देशका उपभोक्ताले ६४, १२८ वा २५६ जीबी आनेतरिक स्टोरेज तथा मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट तथा रेडमध्ये कुनै पनि रंगको डिभाइसको विकल्प पाउने बताइएको छ।

एप्पल यूएसले हाल बिदाको दिन नगनी एक दिनमै फोन डेलिभरी गरिसक्ने आकलन गरेको छ।

यो डिभाइसको उपलब्धता तथा शिपिङ शुल्क बजार क्षेत्र हेरेर केही तलमाथि हुन सक्ने र उपभोक्ताले आफ्नो नजिकको एप्पल स्टोरबाट उक्त जानकारी लिनुपर्ने जीएसएमएरिनाले जनाएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

ताजा समाचार