बोनस शेयरको असर: लगातार दोस्रो दिन नेपाल टेलिकमको शेयर सबैभन्दा धेरै गुमाउनेमा

  • Technology Khabar | २ चैत्र २०७८, बुधबार
बोनस शेयरको असर: लगातार दोस्रो दिन नेपाल टेलिकमको शेयर सबैभन्दा धेरै गुमाउनेमा

काठमाडौं ।

बोनस शेयर दिने प्रस्ताव पारित गरेसँगै शेयर बजारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको शेयर दोस्रो दिनपनि उच्च अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्समा बुधबार सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको शेयर ५५ अंकले घटेको छ। मंगलबार पनि कम्पनीको शेयर उच्च अंकले घटेसँगै दोस्रोदिन पनि लगातार घटेको हो।

बुधबार बजारमा सबैभन्दा धेरै गुमाउने कम्पनीहरुमध्ये नेपाल टेलिकम दोस्रो स्थानमा रहेको छ। कम्पनीले सो कारोबारमा ३.५७ प्रतिशतले मूल्य गुमाएको छ। मूल्य घटेसँगै शेयरको मूल्य १,५६८ रुपैयाँमा झरेको छ।

यसअघि नेपाल टेलिकमको बोर्ड बैठकले पहिलो पटक शेयरधनीहरुलाई बोनस शेयर दिने निर्णय गरेको थियो। जसअनुसार प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर दिने र २० रुपैयाँ लाभांश दिने निर्णय गरेको थियो।

सो निर्णय गरेसँगै टेलिकम बोर्ड विवादमा परेको छ र शेयर बजारमा बोनस शेयरको जानकारी लीक गरेर कारोबार गरिएको आरोप लागेको छ।

यो पनि हेर्नुस्-

टेलिकमले शेयरधनीलाई पहिलो पटक बोनस शेयर दिने, सेटिङ्गमा निर्णय गरिएको आरोप

प्रकाशित: २ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार