वनप्लस नर्ड सीई २ लाइटका विवरण लीक

Technology Khabar ३० फाल्गुन २०७८, सोमबार

वनप्लस नर्ड सीई २ लाइटका विवरण लीक

काठमाडौं ।

वनप्लस नर्ड सीई२ लाइटका केही विवरण लीक भएका छन्।

वनप्लस नर्ड सीई२ लाइटका बारेमा आएको पहिलो रुमरमा यसको हार्डवेयरका बारेमा जानकारी दिइएको थियो।

तर हालै ९१मोबाइल्सले बाहिर आएको जानकारीमा यसको डिजाइनका बारेमा केही तथ्यहरु उजागर गर्न खोजिएको छ।

नाम नखुलेको एउटा उद्योग स्रोतका अनुसार यो नै उक्त डिभाइसको अन्तिम डिजाइन नभएको र नर्ड सीई २ लाइट सार्वजनिक हुने बेलासम्म डिजाइनमा केही परिमार्जन हुनसक्ने बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

तर उक्त ह्याण्डसेटमा बिच भागमा पन्चहोल नभई सेल्फी क्यामराका लागि बायाँ भागको माथ्पट्टिको कुनामा रहने भने सुनिश्चित भएको छ।

यसको फ्रेम धातुको हुने र पछाडि प्लास्टिकले बनेको हुनेछ भने साइडहरु बाटुला र तलपट्टि भने फराकिलो हुने पनि जनाइएको छ।

यसमा वनप्लसको सिग्नेचर अलर्ट स्लाइडर भने राखिएको छैन। यसबाहेक नर्ड सीई २ लाइट एन्ड्रोइड १२ सहित सार्वजनिक हुने नर्ड ब्राण्डको पहिलो स्मार्टफोन हुने पनि जीएसएमएरिनाले लेखेको छ।

यो डिभाइसमा पछाडि ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहने र सेल्फीका लागि १६ मेगापिक्सेलको शूटर दिइने पनि बताइएको छ।

easy care

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार