‘बिजबजार अनलाइन सपिङ्ग एप’ गुगल प्ले स्टोरमा उपलब्ध

Technology Khabar २७ फाल्गुन २०७८, शुक्रबार

‘बिजबजार अनलाइन सपिङ्ग एप’ गुगल प्ले स्टोरमा उपलब्ध

काठमाडौं ।

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ।

अनलाइन सपिङ्गलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजार अनलाइन सपिङ्ग एपमा कार्य गर्दै आइरहेका छन् ।

यस एपबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङ्गको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्ने कम्पनीको भनाई छ।

यो अनलाइन सपिङ्ग एप प्रयोगकर्ताहरूका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राही मैत्री बनाउँदै समयसापेक्षरूपमा अद्यावधिक गर्दै थप विशेषताहरूसहित सेवाग्राहीहरू समक्ष प्रस्तुत गर्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

बिजबजार एप छिट्टै नै आईओएस प्रयोगकर्ताहरूका लागि एप्पल स्टोरमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

Sajilo Visa

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार