क्वालकमको पहिलो वाईफाई ७ चिप अनावरण

Technology Khabar १८ फाल्गुन २०७८, बुधबार

क्वालकमको पहिलो वाईफाई ७ चिप अनावरण
Global IME Bank

काठमाडौं ।

क्वालकम टेक्नोलोजीजले आफ्नो पहिलो वाईफाई ७ (Wi-Fi 7) चीप फास्टकनेक्ट ७८०० (FastConnect 7800) घोषणा गरेको छ। नवीनतम वाईफाई र ब्लुटुथ मापदण्डहरू बन्डल गर्दै, नयाँ उत्पादनको नमूना पहिले आईसकेको छ र २०२२ को दोस्रो भागमा व्यावसायिक उत्पादनहरूको लागि उपलब्ध हुने अपेक्षा गरिएको क्वालकमले बताएको छ।

वाईफाई ७ उत्पादनहरूको प्रमाणीकरण सुरु हुन बाँकी रहेको र यो व्यावसायिक रूपमा सुरु गर्ने पहिलो वाईफाई ७ चिप हुनसक्छ।

वाईफाई ७, जसलाई ८०२.२२बीई पनि भनिन्छ, अझै पनि आईईईई (IEEE) मा विकासको क्रममा छ। क्वालकमकाअनुसार यो प्रणालीले ६गीगाहर्ज ब्यान्ड उपलब्ध नभएको बेला ४.३ जीबीपीएसमा झरेर एकल ३२० मेगाहर्ज वा जोडीमा १६० मेगाहर्ज च्यानलहरूमार्फत, ५.८ जीबीपीएससम्मको उच्चतम गति प्रदान गर्ने अपेक्षा गर्दछ। यसमा लेटेन्सी अर्थात विलम्बता २ मिलिसेकेण्ड भन्दा कम हुनुपर्छ।

नयाँ प्रणालीको मुख्य विशेषताहरू मध्ये एक हाई ब्यान्ड सिमुलटेनस (एचबीएस) मल्टि-लिङ्क प्रविधि हो। यसले ५गीगाहर्ज र/वा ६गीगाहर्ज ब्यान्डहरूमा हाइ ब्यान्ड कनेक्सनको चार स्ट्रिमहरूको लागि दुईवटा वाईफाई रेडियोहरू एकै साथ लिभरेज गर्दछ। ब्लुटुथ र लो ब्यान्डविथ वाईफाई एप्लिकेसनहरूको लागि उच्च-ट्राफिक २.४गीगाहर्ज स्पेक्ट्रम आरक्षित गर्दा यी कनेक्सनहरूले उच्चतम थ्रुपुट र सबैभन्दा कम दिगो लेटेन्सी प्रदान गर्न सक्छ।

क्वालकमले नयाँ चिपको साथ उच्च-गुणस्तरको ब्लुटुथ अडियोको पनि वाचा गर्दछ, जसमा स्न्यापड्रागन साउण्डको लागि सपोर्ट समावेश छ। यसको इन्टेलिजेन्ट डुअल ब्लुटुथले सुधारिएको कनेक्सनहरूसँग दुईओटा रेडियोहरू प्रदान गर्दछ।

मोबाइल वर्ल्ड कंग्रेसमा लन्चको समय अनर, मेटा, शाओमी, भीभो र ओपो जस्ता कम्पनीहरूले नयाँ चिपलाई समर्थन गर्ने योजना बनाएको बताए।

Sajilo Visa

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार