२० इन्च फोल्डेबल डिस्प्लेयुक्त डिभाइसमा काम गर्दै एप्पल

Technology Khabar १७ फाल्गुन २०७८, मंगलवार

२० इन्च फोल्डेबल डिस्प्लेयुक्त डिभाइसमा काम गर्दै एप्पल
Global IME Bank

काठमाडौं ।

एप्पलले हाल २० इन्चको फोल्डिङ डिभाइसमा काम गरिरहेको बुझिएको छ।

एप्पलका बारेमा जानकारी राख्ने मार्क गर्मनले ब्लूमबर्गको पावर अन न्यूजलेटरमा यसलाई आईप्याड तथा म्याकुबकको हाइब्रिड हुने उल्लेख गरेका छन्।

अघिल्लो हप्ता यङले एप्पलो आगामी योजनाका बारेमा प्रकाश पार्दै जानकारी बाहिर ल्याएकोमा गर्मनको हालैको टिप्पणीले उक्त कुरालाई पुष्टि गरेको द भर्जले उल्लेख गरेको छ।

गर्मनले उक्त डिभाइस डुअल स्क्रीन डिस्प्लेसहितको हुने र किबोर्ड तथा ट्र्याकप्याड भने हटाइने बताएका छन्। उनका अनुसार डिभाइस पूर्णरुपमा टचस्क्रीनमा आधारित हुने र यसको सम्भाव्य रिलिज मिति २०२६ मा हुने पनि उल्लेख गरेका छन्।

Sajilo Visa

प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया