रुस तथा सम्बद्ध राष्ट्रका साइट ह्याक गर्न आईटी आर्मी तयार गर्दै यूक्रेन, दरखास्त आह्वान

Technology Khabar १६ फाल्गुन २०७८, सोमबार

रुस तथा सम्बद्ध राष्ट्रका साइट ह्याक गर्न आईटी आर्मी तयार गर्दै यूक्रेन, दरखास्त आह्वान

काठमाडौं ।

यूक्रेनले रुसविरुद्ध सर्वसाधारणलाई सैनिकका रुपमा युद्धमा पठाइरहँदा देशबाहिरका सूचना प्रविधिविज्ञहरुलाई समावेश गरेर आईटी आर्मी बनाउने भएको छ।

उक्त आईटी आर्मीले रुस तथा रुससम्बद्ध राष्ट्रका वेबसाइटहरु ह्याक गर्ने तथा ती देशबाट हुने आफ्ना देशका गम्भीर संरचना तथा साइटको रक्षा गर्ने टेकक्रन्चले जनाएको छ।

जी७ राष्ट्रहरुले रुसलाई स्विफ्टकोडको पहुँचबाट अलग पारेपछि यूक्रेनले विशेष साइबर चुनाैतीसहितको नयाँ आईटी आर्मीमा भर्ती हुन अभियान चलाइरहेको छ।

यसले प्रविधिविज्ञहरुलाई आफ्ना तर्फबाट सक्दो सहयोग गर्न आग्रह पनि गरिरहेको बुझिएको छ।

उक्त ‘आईटी आर्मी अफ यूक्रेन’ आइतबार आफ्नो लगभग २ लाख यूजर भएको टेलिग्राम च्यानलमा सार्वजनिक गरिएको र १० हजार जनाले उक्त एकाउन्टमा विशेष परियोजना र रुसी साइट ह्याक गर्ने आह्वानसहितको पोस्ट गरेका टेकक्रन्चमा उल्लेख छ।

यसमा थप प्रगति भइरहेको र रुसको मुख्य बैंकमध्येको एक स्बेरब्यांकको एपीआई बन्द गराउन पनि उक्त च्यानलमा आह्वान गरिएकोमा उक्त साइट हाल अफलाइन भइसकेको बताइएको छ।

यस्तै च्यानलमै आह्वानपछि डिट्टो बेलोरसिया साइट पनि अफलाइन गएको समाचारमा उल्लेख छ।

easy care

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार