ह्वावेदेखि टेन्सेन्टसम्म परे २०२१ मा चीनका उत्कृष्ट १० कम्पनीमा

Technology Khabar ६ फाल्गुन २०७८, शुक्रबार

ह्वावेदेखि टेन्सेन्टसम्म परे २०२१ मा चीनका उत्कृष्ट १० कम्पनीमा

काठमाडौं ।

हारुन चाइना ५०० मोस्ट भ्यालुएबल प्राइभेट कम्पनीज-२०२१ को सूचीमा टेन्सेन्ट शीर्षस्थानमा पर्न सफल भएको छ।

कम्पनीको कूल पुँजी ६ अर्ब ९ करोड डलर रहेको चाइनाडेली डटकमले उल्लेख गरेको छ।

यो सूचीमा सेमिकन्डक्टर जायन्ट टीएसएमसी ५ खर्ब ७७ अर्ब डलरसहित दोस्रो नम्बरमा परेको छ।

यो सूचीको तेस्रो नम्बरमा अलिबाबा परेको छ जुन यसअघिको र्याङ्किङमा दोस्रो नम्बरमा थियो। बाइटडान्सले भने आफ्नो मूल्याङ्कन गत वर्ष तीन गुणा बढाएर ५ स्थान चढ्दै चोथो नम्बरमा पुग्न सफल भएको देखिन्छ।

चीनको सरकार नियन्त्रित संस्थाहरुमध्ये सबैभन्दा धेरै मूल्यांकन भएका ५०० ओटामध्ये पाँचाैं नम्बरमा नव उर्जा कम्पनी सीएटीएल, छैटाैंमा ई-कमर्स साइट मिटुआन रहेका छन्।

यसैगरी साताैं नम्बर कन्जुमर इलेक्ट्रोनिक्स तथा टेलिकम जायन्ट ह्वावे तथा फिन्टेक कम्पनी एन्ट ग्रुपले संयुक्त रुपमा ओगटेका छन्।

यसैगरी नवाैं नम्बरमा ई-कमर्स ग्रुप जेडी ग्रुप तथा दशाैंमा बीमा कम्पनी पिङ एन इन्स्योरेन्स कम्पनी परेका छन्।

easy care

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार