Technology Khabar ३ फाल्गुन २०७८, मंगलवार
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्कले गत वर्षको नोभेम्बरमा च्यारिटीका लागि टेस्लाको ५० लाख ४४ हजार कित्ता शेयर दान दिएका खुलेको छ।
हालै कम्पनीले अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसन एसईसीमा बुझाएको दस्तावेजमार्फत् गत वर्षको नोभेम्बर १९ देखि २९ सम्ममा उक्त परिमाणको शेयर च्यारिटीमा दिएको सार्वजनिक भएको हो।
उक्त दान गरिएको परिमाणको शेयरको मूल्य त्यातिबेलाको टेस्लाको प्रति शेयर मूल्यका आधारमा हिसाब गर्दा ५ अर्ब ७४ करोड डलर हुन आउने रोयटर्सले जनाएको छ।
उक्त दस्तावेजमा दान दिइएको च्यारिटीको नाम भने उल्लेख गरिएको छैन।
मस्कले त्यतिबेला कर तिर्नका लागि शेयर बेच्ने या नबेच्ने भन्ने जनमतपछि १६ अर्ब ४० करोड डलर बराबरको शेयर बेचेको र यसै क्रममा उक्त रकम बराबरको शेयर भने च्यारिटीमा दिएको बताइएको छ।
ट्विटरमा उनले २०२१ मा ११ अर्ब डलर कर तिर्नुपर्ने भएकाले टेस्लाको १० प्रतिशत शेयर बेच्नुपर्ने भएको र यो निर्णयमा फलोअरहरुसँग राय मागेका थिए।
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार