Technology Khabar ३ फाल्गुन २०७८, मंगलवार
काठमाडौं ।
इन्टरनेट कनेक्शन स्लो हुने समस्या लगभग सबैले भोग्दै आएको समस्या हो। इन्टरनेटको स्पीड घट्ने बढ्ने हुनु सामान्य हिसाबले निकै झञ्झटिलो कुरा हो।
यदि तपाईँ पनि यो समस्यामा परिरहनुभएको छ भने केही तरिकाहरु अपनाएर आफ्नो फोनको इन्टरनेट कनेक्शन बढाउन सक्नुहुन्छ।
मोबाइल इन्टरनेटमा स्पीड स्लो हुने समस्या सामान्य नै हो। हामी सधैं इन्टरनेट स्पीड बढाउनका लागि थुप्रै तरिका अपनाउँछै। हामी यूट्युबमा भिडियो स्ट्रिमिङ गर्दा होस् वा समाचार साइटमा समाचारको लिंक खोल्दा निकै समय लाग्ने वा नखुल्ने भयो भने उक्त इन्टरनेटको कुनै काम हुँदैन।
यदि तपाईँले पनि यस्तै खालको अनुभव गर्नुभएको छ वा आफ्नो मोबाइल इन्टरनेटलाई अझ फास्ट बनाउन चाहनुहुन्छ भने यहाँ प्रस्तुत गरिने तरिकाहरु तपाईँका लागि लाचदायक हुन सक्छन्।
विभिन्न देशहरुमा मोबाइल इन्टरनेट ३जी वा ३जीबाट धेरै अगाडि बढिसकेको छ।
पहिले पहिले ५ एमबीको फाइल डाउनलोड गर्न पनि निकै अप्ठेरो हुने गरेकामा हाल यो समस्या फोरजीमा नगण्य छ भने फाइभजी शुरु भएका क्षेत्रमा इन्टरनेटको स्पीडमा क्रान्ति नै आएको छ।
कहिलेकाहीँ दूरसञ्चार कम्पनीहरुले टावरलाई ओभरलोड गरिदिँदा तिनीहरुले धेरै ट्राफिक सम्हाल्न सक्दैनन्।
आफ्नो मोबाइल इन्टरनेटको स्पीड बढाउन हामी आफ्ना मोबाइलमा केही सेटिङ परिवर्तन गर्न सक्छाैं।
१. क्याश फाइल हटाउनुहोस्
क्याश फाइलहरु हटाउनाले फोनको आन्तरिक स्टोरेजमा स्पेश बढाउने मात्र नभइ स्लो मोबाइल इन्टरनेटलाई पनि फास्ट बनाइदिन्छ।
क्याश फाइलले मोबाइल प्रोसेस घटाउने मात्र नभई इन्टरनेट स्पीड पनि कम गर्ने भएकाले यिनीहरुलाई हटाउनु जरुरी हुन्छ।
२. ब्याकग्राउण्ड एपहरु बन्द गर्नुहोस्
स्मार्टफोनको ब्याकग्राउण्डमा चलिरहेका थुप्रै एपहरुले अन्य कुरालाई फरक नपारे पनि इन्टरनेट स्पीडलाई भने स्लो बनाउँछन्।
डिभाइस धेरै भएमा पनि इन्टरनेट स्पीड स्लो हुन्छ। हामी आवश्यक डिभाइसहरुलाई कम गर्न सक्दैनो। यस्तोमा केही एपहरुलाई बन्द गरेर पनि इन्टरनेटको स्पीड फास्ट बनाउन सकिन्छ।
३. एपहरुको अटो अपडेट बन्द गर्नुहोस्
अटो एप अपडेटले पनि स्मार्टफोनको इन्टरनेट स्पीड कम गरिरहेको हुन्छ। यो प्रक्रिया यूजरले थाहा नपाइकन ब्याकग्राउण्डमा चलिरहेको हुन्छ। फोन चलाउँदै गरेको अवस्थामा यसको असर महसुस भने गर्न सकिन्छ। यो निकै प्रभावकारी तरिका हो।
४. कुनै छुट्टै ब्राउजर/लाइट एपको उपयोग गर्नुहोस्
यो तरिका आफैंले मोबाइल इन्टरनेटको स्पीड बढाउने होइन। तर इन्टरनेटको ब्याण्डविथलाई अझ मजबुत भने बनाइदिन्छ।
आजभोलि थुप्रै एपका लाइट भर्सन उपलब्ध छन् जसलाई चलाउन कम डाटामात्र भए पुग्छ।
यसैगरी विभिन्न ब्राउजरले पनि फरक फरक प्रकारका डाटा खपत गर्छन्। ओपेरा मिनीले कम डाटा खपत गर्छ।
५. नेटवर्क सेटिङ रिसेट गर्नुहोस्
मोबाइलमा नेटवर्क सेटिङ पहिले नै डिफल्ट रूपले गरिएको हुन्छ।यसले इन्टरनेट स्पीडमा प्राय: समस्या पारिरहेको हुन्छ।
फोरजी एलटीई मा यसरी नेटवर्क रिसेट गर्न सकिन्छ
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार