Technology Khabar ३ फाल्गुन २०७८, मंगलवार
काठमाडौं ।
२०२१ मा भीआर सम्बन्धी ग्याजेटको बिक्री ३१ प्रतिशत बढेको हालै एक अध्ययनले देखाएको छ।
मेटाको रियालिटी ल्याब्स भीआर डिभिजनले हालसम्म कति परिमाणमा क्वेस्ट २ हेडसेट बिक्री भयो भन्ने खुलाएको छैन। तर पछिल्लो समयमा निकै लोकप्रिय हुँदै आएको छ।
२०२१ को क्रिशमसका दिन ओक्युलस एप एप्पलको एप स्टोरमा पहिलो पटक शीर्ष स्थानमा पुगेको थियो। ओक्युलस सफ्टवेयरले क्वेस्ट २ हेडसेटका कारण उक्त कोशेढुङ्गा पार गर्न सफल भएको बुझिएको छ।
बीमासम्बन्धी संस्था अभिभाले गत वर्ष भीआर हेडसेटलगायत घरायसी सामानको दावीमा ३१ प्रतिशत तथा समग्रमा सन् २०१६ देखि यता ६८ प्रतिशत बढी दावी परेको सार्वजनिक गरेबाट पनि भीआर ग्याजेटको लोकप्रियता अझ प्रस्ट हुन्छ।
सन् २०२१ मा भीआर सम्बन्धित आकस्मिक टुटफुटवापतको बीमा दी ८८० डलरसम्मको आउने गरेको र यीमध्ये अधिकांश घटना टीभी स्क्रीन फुटेको रहने गरेको पनि इन्ग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार