अन्तरिक्षमा रहेको अर्को स्याटेलाइटलाई फोहरमा फ्याँकिदिएको आरोपमा चिनियाँ स्याटेलाइट नियन्त्रणमा

Technology Khabar २ फाल्गुन २०७८, सोमबार

अन्तरिक्षमा रहेको अर्को स्याटेलाइटलाई फोहरमा फ्याँकिदिएको आरोपमा चिनियाँ स्याटेलाइट नियन्त्रणमा

काठमाडौं ।

अन्तरिक्षमा रहेको एउटा चिनियाँ अन्तरिक्षयानले काम नलाग्ने भएर बसेको एउटा उपग्रहलाई पृथ्वीको कक्षको एउटा कुनामा फ्याँकिदिएको छ।

चिनियाँ रकेटको यो गतिविधि अन्तरिक्ष यानका गतिविधि अनुगमन गर्ने एउटा निजी कम्पनीले देखेको जर्मन समाचार संस्था डीडब्लू डटकमले जनाएको छ। गत महिना पृथ्वीको कक्षमा स्टार वार्स फिल्मको जस्तै दृश्य देखिएको थियो।

जनवरीको अन्त्यतिर एउटा चिनियाँ उपग्रहले लामो समयसम्म निस्क्रिय रहेको अर्को एउटा स्याटेलाइटमाथि जाइलागिरहेको थियो।

त्यसको केही दिन पछि ३०० किलोमिटर पर उक्त रकेटले स्याटेलाइटलाई कक्षको चिहानका रुपमा चिनिने भागतर्फ फ्याँकिरहेको पाइएको डीडब्लू डटकमले उल्लेख गरेको छ। उक्त भागमा भग्नावशेष कुनै अन्तरिक्षयानसँग ठक्कर खाने सम्भावना नगण्य हुन्छ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज एन्ड सेक्योर वर्ल्ड फाउन्डेशनको गत महिना भएको एउटा वेबिनारमा डा। ब्रायन फ्लुवेलिङले यो दुर्लभ जानकारी सार्वजनिक गरेका थिए।

फ्लुवेलिङ एउटा निजी अमेरिकी कम्पनी एक्सोएनालिटिक सोल्यूशन्समा चिफ स्पेस सिचुएश्नल अवेयरनेस आर्किटेक्टका रुपमा आबद्ध छन्। यो कम्पनीले ठूला अप्टिक दूरबिनहरुको माध्यमबाट वैश्विक नेटवर्क उपयोग गरेर स्याटेलाइटहरुको स्थिति ट्र्याक गर्दछ।

गत जनवरी २२ का दिन चिनियाँ अन्तरिक्ष यान एसजे(२१ आफ्नो निर्धारित स्थानबाट हटेर निष्क्रिय गराइएको स्याटेलाइट कम्पास(जी२ तिर बढ्दै गरेको देखिएको थियो।केही दिनपछि कम्पास(जी२ सँग सम्बन्धित एसजे(२१ ले आफनो कक्ष परिवर्तन गरिरहेको पाइयो।

समाचार संस्थाका अनुसार चिनियाँ अधिकारिहरुले हालसम्म कुनै यस्तो अन्तरिक्षमा भएको यस्तो खिचाव अर्थात् एउटा स्याटेलाइटलाई तानेर लैजाने अर्को स्याटेलाइट भएको पुष्टि गरेका भने छैनन्।

एक्सोएनालिटिकको भिडियोमा अझ केही दिनमा यी दुवै अन्तरिक्षयान डोलते हावामा तैरँदै पश्चिम दिशातर्फ गइरहेको देखिएको छ। जनवरी २६ का दिन यी दुवै अलग भएको र जी२ लाई घोर अन्धकार क्षेत्रमा फ्याकिएको डीडब्लू डटकमले उल्लेख गरेको छ।

कम्पास(जी२ अर्थात् बाइडो(२ जी२, चीनको बाइडू(२ सञ्चालन उपग्रह प्रणालीको अन्तरिक्षयान हो। सन् २००९ मा अन्तरिक्षमा पठाइएको केही समयपछि नै यो स्याटेलाइट निस्क्रिय भएको थियो।

दस वर्षभन्दा बढी समयदेखि उक्त धातुको ढिक्का पृथ्वीको कक्षको चारैतर्फ लाखाैं करोडाैंको सङ्ख्यामा भग्नावशेषहरु रहेका क्षेत्रमा घुमिरहेको छ।

Sajilo Visa

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया