असुस रोग फोन ५एस र ५एस प्रो भारतमा फेब्रुअरी १५ मा सार्वजनिक हुने

Technology Khabar २८ माघ २०७८, शुक्रबार

असुस रोग फोन ५एस र ५एस प्रो भारतमा फेब्रुअरी १५ मा सार्वजनिक हुने
Global IME Bank

काठमाडौं ।

असुसको रोग फोन ५एस तथा ५एस प्रो भारतामा आगामी फेब्रुअरी १५ मा उपलब्ध हुने भएको छ।

यी दुई फोन गत वर्ष अगस्टमा पहिलोपटक सार्वजनिक भएका थिए।

यी दुई स्मार्टफोनहरु भारतमा उक्त दिन स्थानीय समयअनुसार मध्याह्न १२ बजे भर्चुअल इभेन्टमार्फत् सार्वजनिक हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

रोग फोन ५एस तथा ५एस प्रो स्पेसिफिकेशनका हिसाबले उस्तै छन् तर ५एसमा  पछाडिको कभरमा आरजीबी लाइट प्यानल छ भने ५एस प्रो मा पीमोलेड डिस्प्ले तथा टच सेन्सर दिइएको छ।

अन्य स्पेसिफिकेशनमा स्न्यापड्रागन ८८८+ चिपसेट, १४४ हर्ज रिफ्रेश रेटसहितको ६.७८ इन्‍च एमोलेड स्क्रीन, ६५ वाट फास्ट चार्जिङसहितको ६००० एमएएचको ब्याट्री तथा फिंगरप्रिन्ट स्क्यानर र स्टेरियो स्पीकर दिइएको छ।

फोटोग्राफीका लागि पछाडि ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप २४ मेगापिक्सेलको सेल्फी शूटर दिइएको छ।

यी फोनका मूल्य तथा उपलब्धताका बारेमा भने केही खुलाइएको छैन।

Sajilo Visa

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार