Technology Khabar २७ माघ २०७८, बिहीबार
काठमाडौं ।
डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ।
डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको हो। नेपालमा नै पहिलो पटक लेटेस्ट वाई फाई टेक्नोलोजीको वाई-फाई ६ (WI FI 6) राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने छन् ।
डिशहोमले ल्याएको वाईफाई ६ राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्ट र स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ।
डिशहोमको यो अत्याधुनिक वाई–फाई ६ राउटरमा ईएआई (आर्टिफिसियल इन्टेलिजेन्स), गीगाबिट एक्सेस, डुअल-ब्यान्ड स्मार्ट स्टीयरिङ, सिमलेस रोमिङ, बहु-स्तरीय सुरक्षा, थप कनेक्सन र मेश नेटवर्किङ जस्ता विशेषताहरु रहेको छ।
प्रकाशित: २७ माघ २०७८, बिहीबार