Technology Khabar २५ माघ २०७८, मंगलवार
काठमाडौं ।
अमेरिकी धितोपत्र नियामकले उपस्थित हुन काटेको पत्र टेस्ला इंकले प्राप्त गरेको छ।
कम्पनीले सोमबार उक्त संस्थाले सन् २०१८ को एउटा घटनाका विषयमा उपस्थित हुन काटेको पत्र प्राप्त गरेको रोयटर्सले जनाएको छ।
उक्त उपस्थिति पत्र नियामकले इलन मस्कले आफ्ना फलोअरलाई कर तिर्नका लागि १० प्रतिशत शेयर बेच्ने या नबेच्ने भन्नेबारेको जनमत लिन ट्वीट गरेको १० दिनिपछि अर्थात् गत नोभेम्बर १६ मा काटेको थियो।
उक्त ट्वीटपछि कम्पनीको शेयरमा निकै गिरावट आएको थियो। उक्त दिनको कारोबार बन्द हुँदासम्म कम्पनीको शेयर मूल्य एक चोथाइ घटेको थियो।
अर्को सोमबार शेयर मूल्यमा १.४ प्रतिशतले कमी आएर ९०९.९८ डलरमा झरेको थियो।
टेस्लाले धितोपत्र कार्यालयमा बुझाएङ्को दस्तावेजमार्फत जानकारी आएको नियामक संस्थाको हालको कदमले टेस्लामाथि संघीय सवारी सुरक्षा नियामकको पनि दबाब बढ्ने देखिएको रोयटर्सले उल्लेख गरेको छ।
संघीय सवारी नियामकले भने टेस्लामाथि गाडीहरु रिकल तथा उसको ड्राइभर-असिस्टेन्स सफ्टवेयर सम्बन्धमा सोधपूछ गर्न सक्ने बुझिएको छ। यसबारेमा एसईसी अर्थात् सेक्युरिटिज एक्सचेन्ज कमिसनले भने कुनै प्रतिक्रिया दिएको छैन।
प्रकाशित: २५ माघ २०७८, मंगलवार