Technology Khabar २४ माघ २०७८, सोमबार
काठमाडौं ।
आईसी डिजाइन सेवाको माग २०२२ को मध्यसम्ममा आधा पनि धान्न नसकिने देखिएपनि त्यसपछि भने आपूर्ति केही सहज हुने अपेक्षा गरिएको छ।
विश्वका केही बजार विश्लेषकहरुले सेमिकन्डक्टरको आपूर्तिको अवस्था २०२२ मा उल्टिन सक्ने प्रक्षेपण गरिरहेकामा अधिकांश आईसी डिजाइनरहरुले भने यो स्थिति यो वर्षको अन्त्यतिर मात्र आउने बताएका छन्।
लगभग आधाजति आईसी डिजाइन कम्पनीहरु २०२२ को शिपमेन्टका बारेमा निकै खुशी र आशावादी छन्। यसो हुनुमा हालसम्म कुनै पनि गम्भीर समस्याका कारण उनीहरुका ग्राहक संस्थाहरुले आफ्ना अर्डरहरुमा सम्झोता घटबढ नगर्नु रहेको डिजिटाइम्सले उल्लेख गरेको छ।
केही कम्पनीहरु २०२२ को उत्तरार्द्धका लागि आशावादी भइरहँदा उनीहरुले थुप्रै प्रकारका आईसीहरु अहिले पनि बजारमा अभाव नरहेको अनुभव गरेका छन्। परिणामस्वरुप दुर्लभ आईसीहरुको शिपमेन्ट कम माग रहेका आईसीहरुको तुलनामा निकै बढी रहने कम्पनीहरुले जनाएका छन्।
हाल २८एनएम प्रोसेसमा बनेका वाइफाइ ६/६ई, बनाउन प्रयोग हुने, ओएलईडी डिस्प्ले ड्राइभर आईसी, तथा टच डिस्प्ले इन्टिग्रेशन आईसी चिपसेटको माग बढी रहेको पाइएको छ।
प्रकाशित: २४ माघ २०७८, सोमबार