प्रिमियम क्रोमबुकका लागि मिडियाटेक कोम्पानियो १३८० सार्वजनिक

Technology Khabar १४ माघ २०७८, शुक्रबार

प्रिमियम क्रोमबुकका लागि मिडियाटेक कोम्पानियो १३८० सार्वजनिक

काठमाडौं ।

मिडियाटेकले हालै क्रोमबुकका लागि लक्षित कोम्पनियो सिरिजको नयाँ चिपसेट सार्वजनिक गरेको छ।

यो चिपसेटको नाम कोम्पानियो १३८० रहेको र यसका स्पेसिफिकेशन यसअघि सार्वजनिक भएको कोम्पानियो १३००टी को जस्तै रहेको तर यसमा फाइभजी कनेक्टिभिटी भने नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसको सीपीयू ३ गिगाहर्ज ४ ओटा आर्म कर्टेक्स-ए७८ ठूला कोरहरु तथा २ गिगाहर्जका ४ ओटा आर्म कर्टेक्स-ए५५ इफिसियन्सी कोरमा आधारित छ।

यस्तै जीपीयूमा भने आर्म-माली जी५७ राखिएको छ जुन १३००टी मा रहेको माली-जी७७ एमसी९ भन्दा १ स्तर तलको हो।

यो चिपमा मिडियाटेकले १६ जीबीसम्मको एपीयू ३.०,  एलपीडीडीआर४एक्स र्याम तथा ईएमएमसी, यूएफएस ३.१ एनभीमी स्टोरेज सपोर्टको अप्शन दिइएको छ।

कोम्पानियो १३८० ले ६० फ्रेम प्रतिसेकेन्डमा फोरके सम्मका दुईओटा प्यानलयुक्त तीनओटा स्वतन्त्र डिस्प्ले वा १२० हर्ज रिफ्रेश रेटसम्मको १४४० पिक्सेलको एउटा डिस्प्लेलाई चलाउन सक्ने बताइएको छ।

यो चिपले पीसीआई एक्सप्रेस जेन ३ र यूएसबी ३.२ जेन १ पनि सपोर्ट गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार