डिजिटल माध्यमबाट गरिब घर परिवार पहिचान गर्दै ललितपुर महानगरपालिका

Technology Khabar १३ माघ २०७८, बिहीबार

डिजिटल माध्यमबाट गरिब घर परिवार पहिचान गर्दै ललितपुर महानगरपालिका
Global IME Bank

काठमाडौं ।

ललितपुर महानगरपालिकाले डिजिटल प्रविधिको प्रयोगबाट गरिब घर परिवार पहिचान गर्ने भएको छ।

गरिबी निवारण मन्त्रालयको कार्यक्रममा समन्वय गरी आफ्ना  क्षेत्रभित्र रहेका वास्तविक गरिब घर परिवार पहिचान गर्न ललितपुर महानगरपालिकाले गणक तथा सुपरिवेक्षकहरुलाई ट्याब्लेट उपलब्ध गराउन लागेको महानगरपालिकाका प्रशासन प्रमुख सागर थापाले जानकारी दिए।

थापाका अनुसार महानगरपालिकाभित्रका सबै स्थानीय तहमा पुगेर तथ्याङ्क संकलन गर्ने तथा उक्त कार्यलाई सुपरिवेक्षण गर्ने गरी जम्मा ६८ जना गणक र सुपरिवेक्षकका लागि लिखित परीक्षा सम्पन्न भइसकेको र अन्तिम अन्तरवार्ता भने बाँकी रहेको छ।

अन्तरवार्ताबाट छानिएका ६८ जना गणक तथा सुपरिवेक्षकले फागुनको दोस्रो हप्ताबाट तथ्याङ्क संकलन शुरु गरी ५ महिनाभित्र सम्पन्न गरिसक्ने कार्यक्रम रहेको प्रमुख प्रशासक थापाको भनाई छ।

हालै ती गणक तथा सुपरिवेक्षकका लागि आवश्यक ६८ ओटा ट्याब्लेट आपूर्तिका लागि महानगरपालिकाले टेन्डर आह्वान गरेको छ।

योग्यता पुगेका संस्थाहरुले २०७८ फागुन ६ गते मध्याह्न १२ बजेभित्र महानगरपालिकाको कार्यालय पुल्चोकमा बुझाउन सक्ने सूचनामा उल्लेख छ।

कार्यालय हातामै खोलिने उक्त टेन्डरको म्याद खोलिएको ९० दिनसम्म रहने बताइएको छ।

यसरी हुनेछ काम

छानिएका गणकहरुले ट्याब्लेटका माध्यमबाट अन्तरक्रियात्मक हिसाबले महानगरपालिका क्षेत्रभित्रका सबै घर परिवारमा पुगेर प्रश्नावली भरेर त्यसलाई सुपरिवेक्षकले सुपरिवेक्षण गराएपछि महानगरपालिकाको प्रशासन शाखामा बुझाउँछन्। आफ्ना क्षेत्रभित्रका सबै घर परिवारबाट तथ्याङ्क आएको सुनिश्चित भएपछि त्यसलाई गरिबी निवारण मन्त्रालयमा पठाइने प्रमुख प्रशासक थापा बताउँछन्।

Sajilo Visa

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार