Technology Khabar ११ माघ २०७८, मंगलवार
काठमाडौं ।
कम्प्युटर क्षेत्रमा कूकिज भन्नाले यूजरनेम तथा पासवर्डजस्ता साना साना डाटा रहेका टेक्स्ट फाइलहरु हुन् जुन हामीले कम्प्युटर नेटवर्क प्रयोग गर्दा हाम्रा कम्प्युटरको पहिचानका लागि प्रयोग हुन्छन्।
एचटीटीपीजस्ता विशेष कूकिजहरुले विशेष यूजरलाई पहिचान गरी हाम्रा वेब ब्राउजिङ अनुभवमा सुधार ल्याउने गर्छन्।
कूकिजमा टेक्स्ट फाइलमा यूजरको बारेमा एकदम थोरै मात्र डाटा स्टोर हुन्छ जसले वेबसाइटको मेमोरीका रुपमा काम गर्दछ।
हामीले सर्भरको उपयोग गर्न थालेपछि कूकिजभित्र थोरै थोरै मात्रामा डाटा स्टोर हुन थाल्छ। वेबसाइटले यी डाटाको उपयोग यूजर तथा उनीहरुको डिभाइसको पिहचानका लिग प्योग गर्दछन्।
कुनै यूजरले त्यही वेबसाइट खोल्दा कूकिजले त्यसको पहिचान गर्छ र त्यसै अनुरुप जानकारी देखाउने गर्छ।
यदि तपाईँले कुनै ई-कमर्स वेबसाइट खोल्नुभयो भने साइटका लागि बनाएका कूकिजले पछिल्लो फटकको सर्चमा कुन स्मार्टफोनको बारेमा जानकारी लिइएको थियो, तिनीहरुको बजेट रेन्ज तथा ती ब्रान्डका बारेमा सुझाव दिन्छन्।
इन्टरनेट प्रयोग गर्ने सबैले जानेर वा नजानी कुनै न कुनै प्रकारको कूकिजसँग अन्तरक्रिया हुनुपर्छ। जब कुनै यूजर कुनै नयाँ वेबसाइटमा जान्छ तब उक्त वेबसाइटले कूकिजलाई स्वीकार वा अस्वीकार गर्ने अनुमति माग्दछ।
यूजरलेले कूकिजको अप्शन स्वीकार गरेपछि वेबसाइटले उक्त डोमेनभित्र यूजरको व्यवहारको पहिचान गर्ने प्रयास गर्दछ।
उसले यूजरले भिजिट गरेका पेजहरुका बारेमा जानकारी संकलन गर्न शुरु गर्छ। उक्त जानकारीमा यूजरले कुनै विशेष सेक्शनमा बिताएको समयको लेखाजोखा समेत रहन्छ।
कुनै यूजरले वेबसाइटले प्रदान गर्ने कुनै पनि सर्भिसका लागि साइन-अप गर्न चाहेमा यूजरको सहमति लिएर मात्र उनीहरुको आईडी तथा पासवर्ड याद राख्नका लागि कूकीज बनाउन सक्छ।
कूकिजका फाइदा
कूकिज यूजरका लागि एउटा वेबसाइटमा प्रवेश गर्न तथा क्वालिटी ब्राउजिङका लागि अनुभवलाई सुविधाजनक बनाउँछन्।
कूकिजले आईडी र पासवर्ड संग्रह गरेपछि यूजरले सम्झिरहनु पर्दैन बरु एकै क्लिकमा लग इन हुन्छ। कूकिजले अप्रासंगिक विज्ञापनलाई ब्लक गरिदिन्छन् भने अझ राम्रो डिलका लागि सहयोग पनि गर्छन्।
कूकिजका बेफाइदा
कूकिज आफैंमा हानिकारक हुँदैन तर ह्याकरुहले कूकिजको दुरुपयोग भने गर्छन्।
यदि तपाईँको सिस्टममा अनधिकृत पहुँच गर्न सकिने स्थितिमा छ भने ब्राउजिङ हिस्ट्री तथा अन्य संवेदनशील डाटाको दुरुपयोगका लागि कूकिजको सहायता लिन सक्छ।
प्रकाशित: ११ माघ २०७८, मंगलवार