रेनो र गीली मिलेर कोरियाको ‘रेनो-सामसङ फ्यासिलिटी’मा हाइब्रिड इलेक्ट्रिक भेहिकल बनाउने

Technology Khabar ८ माघ २०७८, शनिबार

रेनो र गीली मिलेर कोरियाको ‘रेनो-सामसङ फ्यासिलिटी’मा हाइब्रिड इलेक्ट्रिक भेहिकल बनाउने

काठमाडौं ।

चीनको गीली होल्डिङ र फ्रान्सको अटोमेकर रेनोले दक्षिण कोरियामा विद्युतीय हाइब्रिड र पेट्रोल इन्धनमा चल्ने सवारी साधनहरू त्यहाँ बिक्रीका लागि र निर्यातका लागि संयुक्त रूपमा डिजाइन र उत्पादन गर्ने सम्झौतामा औपचारिक रूपमा सहमति जनाएका छन्।

गीलीको कम्प्याक्ट  भेहिकल डिजाइनका साथै यसको हाइब्रिड पावरट्रेन र अन्य प्रविधिहरूमा आधारित नयाँ गाडीहरू सन् २०२४ मा उत्पादन सुरु हुने पूर्वानुमानको साथ बुसानमा रहेको रेनो-सामसङ फ्यासिलिटीमा उत्पादन गरिनेछ।

“यो सहकार्यले कम उत्सर्जन मोडेलहरू उत्पादन गर्नका साथै एशियाली हाइब्रिड इलेक्ट्रिक भेहिकल बजारहरूमा उनीहरूको प्रवेश बढाउनमा दुईओटा अटोमोबाइल समूहहरूको प्रयासमा थप कदम चालेको देखाउँछ,” विज्ञप्तिमा भनिएको छ।

हाइब्रिड इलेक्ट्रिक भेहिकलले पेट्रोल-इलेक्ट्रिक हाइब्रिड भेहिकल प्रविधिलाई बुझाउँछ।

रेनोको लागि, यो संयुक्त उद्यम सम्झौताले गत वर्ष देखि काम शुरु भएको यसको संघर्षरत दक्षिण कोरियाली एकाईलाई आफ्नो उत्पादन लाइनअप सुदृढ गर्न र आफ्नो बजार विस्तार गर्न अनुमति दिनेछ।

रेनोले दुई दशकभन्दा बढी समयदेखि दक्षिण कोरियामा सामसङ समूहको एकाइको साथमा स्थानीय ब्रान्डमार्फत कारहरू बनाएर बिक्री गर्दै आएको छ।

प्रकाशित: ८ माघ २०७८, शनिबार