क्रेडिट कार्ड प्रयोगकर्ताले भुलेर पनि नगर्नुहोस् यी ४ गल्ती, नत्र हुन सक्छ ठूलो घाटा

Technology Khabar ८ माघ २०७८, शनिबार

क्रेडिट कार्ड प्रयोगकर्ताले भुलेर पनि नगर्नुहोस् यी ४ गल्ती, नत्र हुन सक्छ ठूलो घाटा

काठमाडौं ।

देशका ठूला सहरसँगै साना सहरमा पनि क्रेडिट कार्डको चलन बढ्दो क्रममा छ। अझ कोरोना महामारीले गर्दा भर्चुअल कारोबार र अनलाइन सपिङ्गले यसको बजार थप बढाएको छ। यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्दा फाइदा हुन्छ। तर, क्रेडिट कार्डको गैरजिम्मेवार प्रयोगले तपाईंलाई ऋणको जालमा फसाउन सक्छ।

क्रेडिट कार्डहरू धेरै सुविधाजनक हुनुका साथसाथै यसको गलत तरिकाको प्रयोगले हानिकारक पनि हुनसक्छ।

तपाइँ आफूले लिएको क्रेडिट कार्ड प्रभावकारी रूपमा प्रयोग गर्दै हुनुहुन्छ भनेर सुनिश्चित गर्न, यहाँ ४ मुख्य कुराहरुको बारेमा जानकारी दिनेछौं जसबाट तपाइँले पूर्ण रूपमा बच्नुपर्ने हुन्छ।

१. न्यूनतम बाँकी रकम मात्र भुक्तान गर्दै
जब कार्डधनीहरूले न्यूनतम बाँकी रकम मात्र तिर्छन्, उनीहरूले ढिलो भुक्तानी शुल्कहरू तिर्न आवश्यक पर्दैन। मिनिमम अमाउंट ड्यू (न्यूनतम रकम बाँकी) प्रयोगकर्ताहरूको बाँकी बिलको सानो अंश (सामान्यतया ५ प्रतिशत) हो। यद्यपि, यसले तपाइँको ऋण छिटो बढ्न सक्छ किनकि दैनिक आधारमा भुक्तान नगरिएको रकममा थप चार्जहरू लगाइन्छ। क्रेडिट कार्डमा फाइनान्स चार्जहरू सामान्यतया वार्षिक ४० प्रतिशतभन्दा बढी हुने गरेको उल्लेख छ।

२. एटीएमबाट नगद निकाल्ने
क्रेडिट कार्ड मार्फत एटीएमबाट नगद झिक्नबाट सँधै जोगिनु पर्छ। वास्तवमा, क्रेडिट कार्डबाट नगद निकाल्नको लागि क्रेडिट अवधि उपलब्ध गराएको हुँदैन्। तपाईँको कार्डमा लाग्ने व्याजदर तपाईले एटीएमबाट पैसा निकालेको दिनबाट नै लागू हुन सुरु हुन्छ।

३. पूर्ण क्रेडिट सीमा प्रयोग गर्दै
पूर्ण क्रेडिट कार्ड सीमा कहिले पनि प्रयोग नगर्नुहोस्। यसले तपाईंको क्रेडिट स्कोरलाई असर गर्छ। सामान्यतया, क्रेडिट कार्ड कम्पनीहरूले ४० प्रतिशत भन्दा माथिको क्रेडिट उपयोग अनुपातलाई ऋणको संकेत मान्छन्। वास्तवमा, क्रेडिट उपयोग अनुपात (सीयूआर) ले क्रेडिट स्कोरमा ठूलो प्रभाव पार्छ। तपाइँको क्रेडिट उपयोग अनुपात तपाइँ आफ्नो क्रेडिट कार्ड कति प्रयोग गर्नुहुन्छ भन्नेमा निर्भर गर्दछ।

४. ब्याज मुक्त अवधिअनुसार योजना नबनाउनु
ब्याज मुक्त अवधि अर्थात इन्टरेस्ट फ्री पीरियड सामान्यतया १८ देखि ५५ दिनको हुने गर्दछ। यस अवधिमा गरिएको क्रेडिट कार्ड कारोबारमा कुनै शुल्क लाग्दैन जबसम्म तपाईंले समयमै बक्यौता बुझाउनुहुन्छ। तपाईंले अधिकतम लाभको लागि ब्याज मुक्त अवधि अनुसार आफ्नो खरिद योजना गर्नुपर्छ। तपाईंले आफ्नो बिलिङ चक्रको सुरुमा ठूला खरिदहरू गर्नुपर्छ। यस अवस्थामा तपाईले रकम चुक्ता गर्न थप ब्याजमुक्त दिनहरू पाउन सक्नुहुन्छ।

easy care

प्रकाशित: ८ माघ २०७८, शनिबार

ताजा समाचार