ओलम्पिक्स एपका डाटा सुरक्षित गरिएको बेइजिङ २०२२ का अधिकारीको भनाई

Technology Khabar ५ माघ २०७८, बुधबार

ओलम्पिक्स एपका डाटा सुरक्षित गरिएको बेइजिङ २०२२ का अधिकारीको भनाई

काठमाडौं ।

बेइजिङ २०२२ का अधिकारीहरुले ओलम्पिक एपमा रहेका डाटा सुरक्षित रहेको बताएका छन्।

चीनले बेइजिङ विन्टर ओलम्पिक्सका लागि निर्माण गरेको एपको मुख्य काम मानिसहरुको स्वास्थ्य अवस्था अनुगमन गर्नु रहेको र चीनले डाटा सुरक्षाको नियमलाई कडाईका साथ पालना गर्ने खेल आयोजकको प्रविधि विभागका महानिर्देशकले बुधबार बताएका छन्।

माइ२०२२ एपमा रहेका सबै डाटाको प्राविधिक पक्ष सम्बन्धित एप स्टोरहरुले प्रमाणित गरिसकेका अमेरिकामा रहेको चिनियाँ दूतावासले आयोजना गरेको ब्रिफिङका क्रममा बेइजिङ २०२२ की एक अधिकारीले जनाइन्।

उनले बेइजिङबाट भिडियोमार्फत् आफ्ना मन्तव्य व्यक्त गरेकी थिइन्।

गत मंगलबार क्यानडाका अनुसन्धाताहरुले बेइजिङ आयोजक समितिले निर्माण गरेको माइ२०२२ एप खेलका क्रममा खेलाडीहरुमा कोभिड-१९ सम्बन्धी जानकारी संकलन तथा शेयर गर्नका लागि भएको बताएका छन्।

उनीहरुका अनुसार यसमा केही सुरक्षा जोखिम रहेकाले ह्याकरहरुले गोप्य व्यक्तिगत विवरण ह्याक गर्ने सम्भावना भने प्रशस्त रहेको बताएका छन्।

telecom
easy care

प्रकाशित: ५ माघ २०७८, बुधबार