एनएफटीको क्रेज बढ्दो क्रममा, मार्केटप्लेस ओपनशीमा ३.५ अर्ब डलरको मासिक बिक्री रेकर्ड

Technology Khabar ५ माघ २०७८, बुधबार

एनएफटीको क्रेज बढ्दो क्रममा, मार्केटप्लेस ओपनशीमा ३.५ अर्ब डलरको मासिक बिक्री रेकर्ड
Global IME Bank

काठमाडौं ।

नन-फन्जिबल टोकनहरू (एनएफटी) को लागि सबैभन्दा ठूलो बजार भएको दाबी गर्ने ओपनशी (OpenSea) ले बिक्रीको सन्दर्भमा नयाँ रेकर्ड कायम गरेको छ।

२०२२ भर्खर सुरु भएको छ र पहिलो महिना पनि सकिएको छैन, तर प्लेटफर्मको मासिक बिक्री पहिलो पटक ३.५ अर्ब डलर नाघेको छ। यो ट्रेडिङ्ग भोल्युम ईथर क्रिप्टोकरन्सीमा गणना गरिन्छ।

ओपनशी अमेरिकामा सन् २०१७ मा स्थापना भएको थियो। यति ठूलो संख्यामा बिक्रीले एनएफटीको बारेमा मानिसहरूको ठूलो क्रेज देखाउँछ।

ड्यून एनालिटिक्सको डाटा अनुसार, ओपनशीको लागि नयाँ अल टाइम हाई सेट गरिएको छ। यसअघि प्लेटफर्मले अगस्ट २०२१ मा मासिक बिक्रीको रूपमा ३.४२ अर्ब डलरको उच्च रेकर्ड गरेको थियो।

यति ठूलो नाफाको कारण केही लोकप्रिय एनएफटी सङ्कलन र टुक्राको मूल्यमा भएको वृद्धिलाई श्रेय दिन सकिन्छ। यी एनएफटीमा बोर्ड एप याच क्लब (Boed Ape Yacht Club (BAYC) र यससँग सम्बन्धित संग्रहहरू जस्तै म्यूटान्ट एप याच क्लब र बोर्ड एप केनल क्लब समावेश छन्।

क्वाइनटेलिग्राफ डटकमको एक रिपोर्टले बताएअनुसार पछिल्लो २४ घण्टामा ४करोड ७० लाख डलरको कारोबारका साथ, बोर्ड एप याच क्लब एनएफटी ओपनशीमा उपलब्ध सबैभन्दा लोकप्रिय एनएफटी हो।

एनएफटीहरू डिजिटल संग्रहणीयहरू हुन् जसले स्नूप डग, इमिनेम, स्टीभ हार्वे, अमिताभ बच्चन र सलमान खान लगायतका धेरै अन्तर्राष्ट्रिय कलाकार र सेलिब्रेटीहरूलाई हालैका समयमा आकर्षित गरेका छन्।

स्केचहरू, चित्रहरू, र भिडियो गेम क्यारेक्टरहरू सहित एनएफटीहरू वस्तुहरूको बिस्तृत श्रृंखलामा आधारित हुन सक्छ जुन वास्तविक जीवनमा अवस्थित हुन सक्छ वा नहुन सक्छ।

भर्खरै, एक इन्डोनेसियाली विद्यार्थी ओपनशीमा आफ्नो साझा सेल्फी बेचेर रातारात करोडपति बनेका थिए।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ५ माघ २०७८, बुधबार

ताजा समाचार