डाटा गोपनीयताका लागि एन्ड्रोइड स्मार्टफोनमा यी सेटिङहरुलाई तुरुन्तै बदल्नुहोस्

Technology Khabar ५ माघ २०७८, बुधबार

डाटा गोपनीयताका लागि एन्ड्रोइड स्मार्टफोनमा यी सेटिङहरुलाई तुरुन्तै बदल्नुहोस्

काठमाडौं ।

एन्ड्रोइड स्मार्टफोन सेट गर्ने बेला थुप्रै चरणहरु पार गर्नुपर्ने हुन्छ।यसको उद्देश्य यूजरको अनुभवलाई पर्सनलाइज अर्थात् निजीकृत गर्नु हो।

आईओएस डिभाइसको तुलनामा एन्ड्रोइड डिभाइसमा धेरै सुविधाको इजाजत पाइन्छ।यी सेटहरुमा सहजै अधिकांश फिचरहरुमा पहुँच राख्न तथा संशोधन गर्न सकिन्छ।

एन्ड्रोइड स्मार्टफोनमा थुप्रै फिचरहरुले डिभाइसको सुरक्षा तथा सम्पूर्ण पर्फर्मेन्शलाई पनि प्रभाव पार्न सक्दछन्। यी फिचर सामान्यतया: पहिलेबाट नै एक्टिभ गरिएका हुन्छन् भने यिनिहरुले डिभाइसमा नकारात्मक प्रभाव पनि पार्न सक्छन्।

एन्ड्रोइड स्मार्टफोनमा परिवर्तन वा परिमार्जन गर्नुपर्ने केही महत्वपूर्ण सेटिङहरुका बारेमा तल चर्चा गरिएको छ:.

१. एड पर्सनलाइजेशन टर्न अफ गर्नुहोस्

गुगलले यूजरलाई धेरै निजीकृत विज्ञापन दखाउनका लागि यूजरको अनलाइन गतिविधि ट्र्याक गर्ने प्रयास गर्दछ जुन यूजरको रुचिमा आधारित हुन्छ। यो यूजरका लागि राम्रो सुविधा जस्तो देखिए पनि आफ्नो स्मार्टफ़ोनमा उपयोग गरिने तथ्यहरुका बारेमा अधिकांश विवरण सार्वजनिक हुँदैछ भन्ने भुल्नुहुँदैन।

पर्सनलाइज्ड विज्ञापन नहेर्न चाहेमा सेटिङ्समा गएर गुगल एड्स ट्याप गरी अप्ट आउट अफ एड्स पर्सनलाइजेशनमा क्लिक गर्न सकिन्छ।

२. लक स्क्रीनबाट संवेदनशील जानकारी हाइड गर्नुहोस्

एन्ड्रोइड ५.० सार्वजनिक भएसँगै गुगलले लक स्क्रीद्दबाट सिधै जानकारी तान्ने अनुमति दिने फिचर ल्याएको थियो। यो सुविधा निकै उपयोगी रहेको छ भने कतिपय यूजरलाई सुविधाजनक लाग्दा लाग्दै पनि गोपनीयताको जोखिम भने सँगसँगै जोडिएर आएको छ।

यूजरले आफ्नो लक स्क्रीनबाट संवेदनशील जानकारी लुकाउनका लागि सेटिङ्समा गएर एप एन्ड नोटिफिकेशनमा क्लिक गरी नोटिफिकेशन एन्ड टगल अफमा रहेको सेन्सिटिभ नोटिफिकेशनमा ट्याप गर्नुपर्छ।

३. एप पर्मिशनलाई परिवर्तन गर्नुहोस्

केही काम गर्नका लागि एपमा रहेका संवेदनशील विवरणहरुसम्म पुग्नका लागि यूजरको अनुमतिको आवश्यकता पर्दछ।

अधिकांश समय यी अनुमतिहरु ब्लूटूथ, कन्ट्याक्ट, क्यामरा, माइक्रोफोन तथा ठाउँसँग सम्बन्धित हुन्छन्। अधिकांश संवेदनशील जानकारीसम्म पहुँचका लागि एपले अनुमति प्रदान गर्छन्।

केही एपको उपयोग प्राय गरिएको हुँदैन। तर तिनीहरुले संवेदनशील विवरण तान्न सक्छ। केही एपहरुको अनुमति बदल्नका लागि सेटिङ्समा गएर एप्स एन्ड नोटिफिकेशनमा क्लिक गरेर आफूले अनुमति दिएका एपमा जानुहोस्।

४. ब्याकग्राउन्ड डाटालाई लिमिट गर्नुहोस्

एन्ड्रोइड स्मार्टफोनको एपले मोबाइल डाटाको उपयोग फीड अपडेटका लागि या  ब्याकग्राउन्डमा कन्टेन्ट लोड गर्नका लागि उपयोग गर्दछ। यसले सामान्यतया कुनै पनि एपमा नयाँ कन्टेन्ट लोड  गर्दा लाग्ने समय घटाउँछ।

यो फिचर स्मार्टफोनलाई फास्ट बनाउन निकै उपयोगी छ। तर यसले डाटाको खपत भने बढाउन सक्छ। यसलाई समाधान गर्न एपका आधारमा ब्याकग्राउन्ड डाटा उपयोगलाई समायोजन गर्न सकिन्छ।

यसका लागि सेटिङ्समा गएर एप्समा क्लिक गरी कुनै एप सेलेक्ट गरेर त्यसको सेटिङ्समा रहेको मोबाइल डाटा तथा वाइ-फाइभित्रको ब्याकग्रउन्ड डाटालाई ट्याप गर्नुपर्दछ।

५. अटोमेटिक एप शर्टकटलाई डिसेबल गर्नुहोस्

डिफल्ट सेटिङका रूपमा प्लेस्टोरका माध्यमबाट एन्ड्रोइड स्मार्टफ़ोनमा कुनै पनि एप डाउनलोड गर्न सकिन्छ। यो प्रक्रियामा सिस्टमले स्वचालित रूपमा एउटा होम स्क्रीन शर्टकट बनाउँछ।

स्मार्टफोनमा इन्स्टल गरिने प्रत्येक एपलाई होम स्क्रीनमा राख्न ठाउँ पुग्दैन। यस हिसाबले अटोमेटिक एप शर्टकटलाई बन्द गर्नका लागि होम स्क्रीनमा केही समय प्रेस गरेपछि देखिने होम सेटिङ्समा गएर टगल अफ एड आइकन टू होमस्क्रीन भन्ने अप्शन ट्याप गर्न सकिन्छ।

६. वाइ-फाइ तथा ब्लूटूथ स्क्यानिङ

एन्ड्रोइड स्मार्टफोनमा थुप्रै यस्ता फिचर हुन्छन् जसले थाहा नपाइकन ब्याट्री खपत गरिरहेका हुन सक्छन्। वाइ-फाइ स्क्यानिङ तथा ब्लूटूथ स्क्यानिङ यस्तै फिचर हुन्।यी फिचरले वाइ-फाइ तथा ब्लूटूथ इनेबल हुँदा पनि स्मार्टफोनको नजिक रहेका वाइ-फाइ नेटवर्क तथा ब्लूटूथ डिभाइसका लागि स्क्यान गरिरहन्छ।

यो फिचरलाई बन्द गर्नका लागि सेटिङ्समा गएर लोकेशन, त्यसपछि वाइ-फाइ स्क्यानिङ एन्ड सेटिङ्समा ट्याप गरेपछि आउने टगल अफ वाइ-फाइ स्क्यानिङ तथा ब्लूटूथ स्क्यानिङलाई सेलेक्ट गर्न सकिन्छ।

easy care

प्रकाशित: ५ माघ २०७८, बुधबार