Technology Khabar ४ माघ २०७८, मंगलवार
काठमाडौं ।
स्विडेनको प्रविधि कम्पनी एरिक्सनले एप्पलविरुद्ध फेरि अर्को पेटेन्ट उल्लङ्घनको मुद्दा दायर गरेको छ।
पछिल्लो मुद्दा भने यी दुई कम्पनीबीच फोनहरुमा फाइभजी वायरलेस पेटेन्ट प्रयोग गरेबापतको रोयल्टी भुक्तानीबारे रहेको बुझिएको छ।
यी दुवै कम्पनीले एक अर्कालाई यसअघि नै अमेरिकामा मुद्दा दायर गरिसकेका छन्। उक्त मुद्दा सन् २०१५ मा पहिलो पटक भएको दूरसञ्चारका लागि ७ वर्षे लाइसेन्सको सम्झाैताबारे छलफलबाछ टुंगो नलागेपछि हालिएको थियो।
एरिक्सनले गत वर्षको अक्टोबरमा एप्पलले अनावश्यक रुपमा रोयल्टी दर घटाएको दावी गर्दै मुद्दा हालेको थियो भने एप्पलले गत वर्षको डिसेम्बरमा पेटेन्ट नवीकरण गर्नका लागि जबर्जस्ती नियम लादेको भन्दै एरिक्सनमाथि मुद्दा दायर गरेको थियो।
एरिक्सनका प्रवक्ताले भने, ‘ यसअघिको सम्झाैता सकिइसक्यो भने नयाँ लाइसेन्सको शर्तहरुमा समझदारीमा पुग्न सकेका छैनाैं, एप्पलले अहिले हाम्रो प्रविधि बिना लाइसेन्स प्रयोग गरिरहेको छ।’
एप्पलले यसबारेमा तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ४ माघ २०७८, मंगलवार