युक्रेनका थुप्रै सरकारी वेबसाइटमा हानिकारक मालवेयर भेटिएको माइक्रोसफ्टको भनाई

Technology Khabar २ माघ २०७८, आईतवार

युक्रेनका थुप्रै सरकारी वेबसाइटमा हानिकारक मालवेयर भेटिएको माइक्रोसफ्टको भनाई

काठमाडौं ।

माइक्रोसफ्टले युक्रेनका थुप्रै सरकारी वेबसाइटमा हानीकारक मालवेय भेटिएको जनाएको छ।

शनिबार कम्पनीले आफ्नो ब्लगमा युक्रेनी सरकारसँग सम्बन्धित भएर काम गर्ने थुप्रै संघस्स्थाका वेबसाइटमा यस्ता मालवेयर भेटिएको उल्लेख गरेको हो।

उक्त मालवेयर हमलाका पीडितहरुमा युक्रेनका गम्भीर कार्यकारी तथा आकस्मिक रेस्पोन्सको काम गर्ने सरकारी संघसंस्थाहरु रहेको माइक्रोसफ्टको भनाइ छ।

यसबाहेक सार्वजनिक तथा निजी क्षेत्रका वेबसाइट व्यवस्थापन गर्ने सूचना प्रविधि संस्था लगायतका पनि पीडित भएका छन्। कुन कुन सूचना प्रविधि संस्था यो प्रहारमा परेका छन् भन्ने चाहिँ माइक्रोसफ्टले खुलाएको छैन।

यो मालवेयर बिहीबार सबैभन्दा पहिले पत्ता लगाएको माइक्रोसफ्टले ती मालवेयरले माइक्रोसफ्टका प्रडक्ट तथा सर्भिसमा कुनै जोखिम उत्पन्न नगरेको बताएको छ।

गत बिहीबार राति युक्रेनका सरकारी वेबसाइटहरुमा व्यापक साइबर हमला भएको थियो।

सम्बन्धित समाचार

युक्रेनका सरकारी वेबसाइटमा साइबर हमला, रुसको संलग्नता हुन सक्ने आशंका

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ माघ २०७८, आईतवार

ताजा समाचार