त्रिविमा निकटमै परीक्षा हुने विषयको अनलाइन कक्षा सञ्चालन हुने

Technology Khabar १ माघ २०७८, शनिबार

त्रिविमा निकटमै परीक्षा हुने विषयको अनलाइन कक्षा सञ्चालन हुने
NTC_Advt

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै भौतिक कक्षा सञ्चालन संभव नभएमा अनलाइन कक्षा सञ्चालन गर्न भनेको छ।

विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिएको छ भने निकट समयमै परीक्षा हुने भई पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रमलाई अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ।

विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म बिदा दिने जनाएको हो।

माघ १० पछि भने स्थानीय तहसँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको हो।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ सूचनामा भनिएको छ ।

अनलाइन कक्षाका लागि सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरुको इमेल आईडी समेत बनाईराख्न भनिएको छ।

प्रकाशित: १ माघ २०७८, शनिबार