माछापुच्छ्रे बैंकका ग्राहकले शाओमी र पोको ब्रान्डको मोबाइल शून्य प्रतिशत इएमआईमा पाउने

Technology Khabar १ माघ २०७८, शनिबार

माछापुच्छ्रे बैंकका ग्राहकले शाओमी र पोको ब्रान्डको मोबाइल शून्य प्रतिशत इएमआईमा पाउने
नेपालमा रहेको शाओमीको सर्भिस सेन्टर । फाइल तस्बिर
NTC_Advt

काठमाडौं ।

माछापुच्छ्रे बैंकका ग्राहकहरूले शाओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य उपकरणहरू शून्य प्रतिशत इएमआईमा पाउने भएका छन्। यस विषयमा बैंक र कम्पनीबीच शुक्रबार सम्झौता भएको हो।

उक्त सम्झौता पत्रमा बैंकका डिजिटल बैंकिङ प्रमुख विनय रेग्मी र वत्सल इम्पेक्सका निर्देशक नितेश कुमारले हस्ताक्षर गरेका छन्। सम्झौता पछि अब बैंकका ग्राहकहरूले यो सुविधा ६ महिनादेखि ९ महिनासम्म प्रयोग गर्न सक्नेछन्। हाललाई यो सुविधा वत्सल इम्पेक्सको काठमाडौंस्थित सोरुममार्फत लिन सक्ने छन्।

माछापुच्छ्रे बैंकले हाल देशभरमा रहेको १६३ शाखा, १५७ शाखारहित बैंक सेवा, ६ एक्स एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३ सय २६ स्थानबाट १० लाखभन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैंकिङ सुविधा दिइरहेको जनाएको छ।

प्रकाशित: १ माघ २०७८, शनिबार