अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरु सञ्चालन हुने

Technology Khabar ३० पुष २०७८, शुक्रबार

अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरु सञ्चालन हुने
NTC_Advt

काठमाडौं ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जामा लिएपछि बन्द रहेका एटीएम सेवाहरु शनिबारदेखि सञ्चालन हुन लागेका छन्।

अफगानिस्तानको केन्द्रिय बैंक दा अफगानिस्तान बैंक (डीएबी)ले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको स्थानीय समाचार एजेन्सी खामा प्रेसले उल्लेख गरेको छ।

गत अगस्ट १५ देखि अफगानिस्तानमा तालिबानले शासन लिएसँगै सो सेवा बन्द रहेको थियो।

हाल अफगानिस्तानका कमर्शियल बैंकहरु र बैंकहरुको युनियनसँगको चरणबद्ध वार्ताको वार्तापछि यो निर्णय भएको हो ।

‘दा अफगानिस्तान बैंक बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत छ’ विज्ञप्तिमा भनिएको छ, ‘एटीएमहरू पुनः सक्रिय गर्नाले मानिसहरूलाई थप सुविधा दिनेछ।’

ग्राहकको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन्।

यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख गरिएको नगरिएको खामा प्रेसले जनाएको छ।

तर नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा अधिकतम २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्नेछन् ।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार