दूरसञ्चार प्राधिकरणको सेवा लिन कोभिड खोप कार्ड अनिवार्य

Technology Khabar ३० पुष २०७८, शुक्रबार

दूरसञ्चार प्राधिकरणको सेवा लिन कोभिड खोप कार्ड अनिवार्य
NTC_Advt

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले कोभिड-१९ को संक्रमण बढेको भन्दै कार्यालयमा बाहिरी सेवाग्राहीको प्रवेशमा कडाई गरेको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सार्वजनिक सूचना नै टाँस गरी सेवाग्राहीले सेवा लिनका लागि कोभिड खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू गरेको छ। यसका साथै के सेवा आवश्यक पर्ने र कसलाई भेट्ने हो सो कर्मचारीलाई पूर्व जानकारी दिएर मात्र भेट गर्न पाईने भएको छ।

प्राधिकरणको नियमअनुसार सेवाग्राहीलाई अबदेखि खोपकार्ड अनिवार्य गरिएको छ भने कर्मचारीहरुलाई समेत आन्तरिकरुपमा भिडभाड नगर्नका लागि निर्देशन दिईएको छ।

जसअनुसार कर्मचारीहरुले एक अर्काको कक्ष वा क्याबिनमा जान नपाईने भएको छ भने अत्यावश्यक कामको लागि जानुपरेमा भौतिक दूरी कायम गरी ५ मिनेटभन्दा धेरै समयसँगै बस्न नपाईने भएको छ।

त्यसैगरी आन्तरिक तथा बाह्य बैठक संभव भएसम्म भर्चुअल माध्यमबाट गर्नुपर्नेछ भने कार्यालयका विभिन्न कक्षहरुमा एक पटकमा ४ जना भन्दा धेरै भेला हुन नपाईनेगरी रोक लगाईएको छ।

प्राधिकरणमा कार्यरत कर्मचारीहरुलाई समेत संक्रमणको जोखिम हुन नदिन तथा रोकथाम र नियन्त्रणको लागि अर्को सूचना जारी नभएसम्मका लागि नयाँ नियमहरु लागू गरिएको र नयाँ नियम पालन गरि सहयोग गर्न अनुरोध गरेको छ।

सरकारले यसअघि नै सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा कोभिड खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू गरिसकेको छ।

हेर्नुस् सूचना-

प्रकाशित: ३० पुष २०७८, शुक्रबार