नाै वर्षअघि ३ हजार आईपड चोरेको आरोपमा एक महिलालाई १८ महिना जेल सजाय

Technology Khabar ३० पुष २०७८, शुक्रबार

नाै वर्षअघि ३  हजार आईपड चोरेको आरोपमा एक महिलालाई १८ महिना जेल सजाय
NTC_Advt

काठमाडौं ।

अमेरिकाको न्यू मेक्सिकोमा रहेको एउटा विद्यालयबाट ३ हजार आईपड चोरेको आरोपमा एक महिलालाई जेल चलान गरिएको छ।

क्रिस्टी स्टक नामकी ती महिलामाथि अमेरिकी विद्यार्थीहरुका लागि ल्याइएको ३ हजार आईपड चोरेर बेचेको आरोप लागेको र पुष्टि भएपछि १८ महिना जेल सजाय सुनाइएको इन्ग्याजेटले जनाएको छ।

न्याय विभागले हालै जारी गरेको विज्ञप्तिमा चोरिएका सामानको विवरण, कर छली तथा चोरिएका सामान ढुवानीका बारेमा व्याख्या गरिएको थियो।

ती महिलाले यो फैसलाको विरुद्धमा पुनरावेदन गरेको र अदालतमा बुझाइएका दस्तावेजका अनुसार यो घटना सन् २०१३ मा भएको बुझिन्छ। त्यतिबेला उनी सेन्ट्रल कन्सोलिडेटेड स्कुल डिस्ट्रिक्ट अफ न्यू मेक्सिको नामक विद्यालयमा कार्यक्रम इन्चार्जका रुपमा काम गर्थिन्।

त्यति बेला जनजाति कोटामा भर्ना भएका अमेरीकी विद्यार्थीलाई वितरण गर्नका लागि विद्यालयमा ती डिभाइसहरु ल्याइएका थिए।

कार्यक्रम सुपरिवेक्षण गरेर क्रिस्टीले संघीय अनुदान रकमबाठ विद्यार्थीलाई बाँड्नका लागि आईपड डिभाइसहरु किन्नुपर्ने थियो।

तर उनीलागायत जेम्स बेन्डर र सोरभ चावलाको समूहले चोरि गरिएका आईपडहरु मेरिल्यान्डमा पठाएर ई-बे मा ‘सब्स्टान्सियल’ शीर्षक अन्तर्गत बिक्रीमा राखिएको थियो।

यस क्रममा सुरक्षाका कारण चावलाको ई-बे एकाउन्ट यसअघि रद्द भएका कारण बेन्डरको एकाउन्टबाट ती सामान बिक्रीका लागि राखिएका थिए।

पछि सन् २०१५ देखि २०१८ का बीचमा स्टकले सोझै चावलासँग सम्वाद गरेर ती सामानहरु अक्शनमा राख्नुअघि सबै विवरण पेश गर्न भनेको थियो।

स्टकले ती आईपड बेचेर २०१३ देखि २०१८ बीचमा लाख डलर आर्जन गरेको स्वीकार गरेकी छिन्। चावलालाई भने कर तिर्न नसकेका कारण ६६ महिना तथा बेन्डरलाई ३६६ दिन जेल तोकिएको छ।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार